साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली साहित्य समाज रौतहट-सर्लाहीको प्रथम अधिवेशन

कार्यक्रममा मधेस प्रदेशका बारा, महोत्तरी, रौतहट, पर्सा तथा सर्लाहीका साथै वाग्मती प्रदेशको मकवानपुर तथा सिन्धुलीका साहित्यकारहरूको राम्रो उपस्थिति थियो ।

Nepal Telecom ad

सर्लाही, २०८२ पुस १० । बुढ्यौली साहित्य समाज रौतहट-सर्लाहीको आयोजनामा श्री ५ महेन्द्र जनता माध्यमिक विद्यालय कर्मैया सर्लाहीमा संस्थाकाे प्रथम अधिवेशन तथा एघाराैँ शृङ्खला सम्पन्न भएको छ ।

कार्यक्रममा मधेस प्रदेशका बारा, महोत्तरी, रौतहट, पर्सा तथा सर्लाहीका साथै वाग्मती प्रदेशको मकवानपुर तथा सिन्धुलीका साहित्यकारहरूको राम्रो उपस्थिति थियो ।

यसरी सहभागी स्रष्टाहरूमध्ये कुमार दाहाल कुसुम, माधव काफ्ले, लालबाबु शर्मा, बाबुराम फुयाल, लक्ष्मण पोखरेलले छन्द कविता तथा राम उदित, नारद काफ्ले, भवानी घिमिरे, सीता पन्थी, मीना देवकोटा, अमरिस भगत, टङ्क उप्रेती, लीला खड्का, लक्ष्मण पौडेल, अर्चना लुइँटेलले गद्य कविता वाचन गरेका थिए ।

यसै गरी हरिकृष्ण काफ्ले र प्रदीप धनञ्जयले मुक्तक तथा धनमाया राई तथा सुमित्रा आचार्यले सुनाएका थिए ।
सो कार्यक्रममा बुढ्यौली साहित्य समाज गठन अभियानमा सक्रिय रहेवापत नियात्राकार रमेशमोहन अधिकारीलाई र कार्यक्रमको प्रायोजन गरिदिएवापत रमेशकुमार निरौलालाई सम्मान गरिएको थियो ।

घनश्याम पन्तले सञ्चालन तथा रेणु गुप्ताले स्वागत गर्नुभएको सो कार्यकममा सभाध्यक्षता साे संस्थाका अध्यक्ष लम्बोदर काफ्लेले गर्नुभएको थियो ।

सोही अवसरमा आयोजित संस्थाकाे रामचन्द्र कुशवाहाको संयाेजकत्वमा सञ्चालित बन्द सत्रले घनश्याम पन्तको अध्यक्षतामा एघार सदस्यीय समिती चयन गरेको खबर छ । जसअनुसार उपाध्यक्षमा रेणु गुप्ता, सचिवमा किसुनदयाल यादव, कोषाध्यक्षमा राम उदित तथा सदस्यहरूमा मीना देवकोटा, मुकेश मिश्र, टङ्क उप्रेती, अर्जुन थापा, केदार सिग्देल र केदार सिग्देल रहेका छन् ।

०००
रमेशमाेहन अधिकारीकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कथुरी

कथुरी

आर.सी. रिजाल
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x