साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक ज्येष्ठ नागरिकको कथा

के आयो युग लौ विचित्र घटना आफ्ना बिराना हुने आफ्नैबाट सदा उपेक्षित भई आँखा रसाई रुने यौटा होइन जिन्दगी घिडकिसो लाखौं छ संसारमा माया–प्रेम बुढा–बुढी उपरमा खाँचो छ ऐले यहाँ ।।

Nepal Telecom ad

ज्यो. रत्ननिधि रेग्मी शुक्राचार्य :

मेरो वृद्ध भयो उमेर अब ता गाला परे चाउरी
गोडा, हात बसे, नसाजति सुके हड्डी र छाला धरी
सोच्ने शक्ति गुम्यो दिमाग पनि ता बल्दैगयो विस्मृत
फुक्ली दाँत झरे, चपाउन हरे ! साह्रै पर्यो मुस्किल ।।१।।

जिभ्रो स्वादविहीन पो हुन गयो, बग्दैन ¥यालै पनि
पाकी केस झरे जसै शिशिरको रित्तो बगैंचा बनी
हाँस्ता ह्वाङ्ग गिँजा, रुँदा नयनका सुक्खा परेला भए
बोली प्रस्ट रहेन लर्बर भई, घाँटी–गला भास्सिए ।।२।।

सारङ्गीसरि पेट भो जतिसुकै खाए र लाए पनि
के लाग्थ्यो जिउ मासु–भात दिनहूँ खाई पचाए पनि
औंलाका नङ मासुभित्र गडिँदा धाँजा फुटे पट्पटी
आँखा झिम्म हुँदैन रात अनिँदो बन्दा भयो छट्पटी ।।३।।

नब्बे वर्ष पुगें कुनै दिन घुमी आएन जन्मोत्सव
भोगें दुःख–व्यथा सयौं किसिमका मैले नराम्रोसित
केही वर्षअगाडि शोक थपियो पत्नी गइन् स्वर्गमा
मेरो भन्नु रहेन क्यै पनि कुरा, एक्लो भएँ मत्र्यमा ।।४।।

छोरा चारजना थिए सब हिँडे छैनन् यता गाउँमा
मेरो बैंस बित्यो कडा श्रम गरी सन्तानका नाउँमा
लागे दर्ग–दिशा विवाह नहुँदै, लाठे जवानी छँदै
बस्छन् आज उता, कतातिर गई पाइन्न सम्चार खै ! ।।५।।

जेठोचाहिँ अमेरिकातिर गयो डी.भी. परेको हुँदा
दोस्रो लण्डनमा बस्यो बृटिशको आर्मी बनेको छँदा
तेस्रो भारत भास्सियो अझ उतै दर्बान बस्तो भयो
कान्छो साथ थियो हिँड्यो सहरमा मेरो बिजोगै भयो ।।६।।

बारी, खेत यथेष्ट छन् तर सबै बाँझा पडे गाउँमा
बेसाईकन खानुपर्छ महँगो यै गाउँका ठाउँमा
गाईगोठहरू भएजति गए, बाख्रा, खसी मासिए
आफू झन् असहाय आज भइयो आफ्ना बिराना भए ।।७।।

चर्चा चल्दछ ज्येष्ठ नागरिकको गर्ने भनी आदर
आफ्नोचाहिँ रहेन जीवन कतै अस्तित्वमा निर्भर
जे सम्मान दिएर आदर गरुन् देखी खुसी बाहिर
भित्री दर्द छादैछ घाउ गहिरो बुझ्ला र को आखिर ? ।।८।।

के आयो युग लौ विचित्र घटना आफ्ना बिराना हुने
आफ्नैबाट सदा उपेक्षित भई आँखा रसाई रुने
यौटा होइन जिन्दगी घिडकिसो लाखौं छ संसारमा
माया–प्रेम बुढा–बुढी उपरमा खाँचो छ ऐले यहाँ ।।९।।

०००
महाकवि देवकोटा आश्रम, हालः बेघर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुन्ने समय

सुन्ने समय

ज्यो. रत्ननिधि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x