साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिर्तामोडमा ‘सुखानी’ र ‘अमरज्योति षडानन्द’ लोकार्पित

लीलाप्रसाद अधिकारीको अध्यक्षता एवम् प्रा.डा. बद्रीविशाल पोख्रेलको प्रमुख आतिथ्य र प्र ले स कोसीप्रदेश अध्यक्ष तिला लेकालीको विशिष्ट आतिथ्यमा भव्यरूपमा सुसम्पन्न भएकाे हाे ।

Nepal Telecom ad

झापा, २०८१ मङ्सिर २२ । प्रगतिशील लेखकसङ्घ झापाको पाँचौ कृति सुखानी र साहित्यकार मीना अधिकारीको चौथो कृति अमरज्योति षडानन्दको लोकार्पण गरियाे ।

अध्यक्ष लीलाप्रसाद अधिकारीको अध्यक्षता एवम् प्रा.डा. बद्रीविशाल पोख्रेलको प्रमुख आतिथ्य र प्र ले स कोसीप्रदेश अध्यक्ष तिला लेकालीको विशिष्ट आतिथ्यमा भव्यरूपमा सुसम्पन्न भएकाे हाे ।

उक्त कार्यक्रममा प्रलेसका पूर्व अध्यक्षहरू आदरणीय लीला उदासी, हेम अधिकारी, उमानाथ ओली, कमलप्रसाद गुरागाईँ, के स राजेन्द्र सङ्ग्रौला, प्रा.डा. गङ्गाप्रसाद अधिकारी, प्राध्यापक चूडामणि वशिष्ठ, प्रतिभा निकुञ्जका अध्यक्ष होम सुवेदी, आदरणीय जीवनाथ सुवेदी, आदरणीय साहित्यकार देवीचरण भण्डारी, साहित्यकार झाँक्रीखोले, मेघनाथ बन्धु , कार्यसमिति सदस्य वीरेन्द्र खड्का, तोयानाथ काफ्ले, एवम् अग्रज साहित्यकार विरही अधिकारी, केशवप्रसाद भण्डारी, उपेन्द्र प्र आचार्य, पुष्प कु. खनाल, विष्णु भेटुवाल, खेमराज ढकाल, दमन्ता दाहाल, दुर्गा दहाल, केशव प्रसाईं, मिलन सङ्ग्रौला, यसोदा वाँस्कोटा, झग प्र. बराल, कोपिला ढुङ्गेल, दुर्गा मिश्र, हरि प्र. तिम्सिना, इन्द प्र कटुवाल, योगेन्द्र खतिवडा, डिल्लीराम परदेशी, राजु पाठक आदिको गरिमामय उपस्थिति रहेको थियो ।

सुखानीको समीक्षा आदरणीय समीक्षक भीम दहाल र अमरज्योतिको समीक्षा आदरणीय समीक्षक हरिनारायण भट्टराईले गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य आरती पोख्रेल र कार्यक्रम सन्चालन सचिव बिन्दु दहाल मूकदर्शकले गर्नुभएको थियो । निम्तोलाई स्वीकार गरि कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण अग्रज तथा अनुज र समकालीन साहित्यकारहरूलाइ संस्थाले हार्दिक धन्यवाद अर्पण गरेकाे थियाे ।

०००
-बिन्दु दाहाल मूकदर्शकद्वारा संप्रेषित

 

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x