फित्काैली डटकमकर्मदा सिर्जना मञ्च ५६ औँ रचनावाचन
कविगोष्ठी संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता तथा प्रमुख आमन्त्रित एवं समीक्षक प्रा. डा. देवी नेपाल ज्यू विशिष्ट अतिथि कलानिधि दाहाल, पुरुषोत्तम सिग्देल, डा. बमबहादुर थापा जितालीहरू हुनुहुन्थ्याे ।

काठमाडाैं । कर्मदा सिर्जना मञ्च नेपाल, पाउँदीबजार लमजुङले ५६ औँ विद्युतीय प्रसार स्वतन्त्र विधा रचनावाचन भव्य किसिमले सम्पन्न गरेको छ ।
कविगोष्ठी संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता तथा प्रमुख आमन्त्रित एवं समीक्षक प्रा. डा. देवी नेपाल ज्यू विशिष्ट अतिथि कलानिधि दाहाल, पुरुषोत्तम सिग्देल, डा. बमबहादुर थापा जिताली र डा. देवी पन्थी को गरिमामय उपस्थितिमा भव्यरूपमा सम्पन्न भयो ।
लमजुङको प्रवेशद्वारमा रहेको साहित्यिक संस्थाको कविगोष्ठीमा छन्द, स्वछन्द, कविता, चारु, रोचक ढङ्गबाट कविहरूले प्रस्तुत गरे । देश भक्ति भावले भरिएका, जनचेतना मूलक तथा सामाजिक विकृति बिरुद्ध प्रहार गरिएका रचना वाचन गरेका थिए ।
यस गरिमामय गोष्ठीमा सिर्जना वाचन गर्ने देवी नेपाल (भुजङ्प्रयात- अहङ्कारको आयु लामो हुँदैन), कलानिधि दाहाल (अनुष्टुप् – विश्व विशाल), पुरुषोत्तम सिग्देल (स्रग्विणी – रेलिमै रेलिमै कर्मदा), डा. बमबहादुर थापा जिताली (शिखरिणी – कवितामा जिता ), डा. देवी पन्थी ( चारु – वातावरण ), भोजराज न्यौपाने ( अनुष्टुप् – मेरो साथी ), गङ्गा लिगल ( स्वछन्द – ईश्वरीय प्रेम झै), दुर्गाप्रसाद सिग्देल ( स्रगधरा – बाजे ), खुसीराम डौलिया ( स्वच्छन्द – झझल्को ), चूडा निर्भीक ( इन्द्रवज्रा – होस् एकता ), जनार्दन अधिकारी धड्कन ( खोरियामा भजन – भुजङ्गप्रयात – पिता सृष्टिका हुन् सुनौलो निसानी ), युवराज घिमिरे ( शार्दूलविक्रीडित – फर्कन्छु गाउँतिर ), दुष्यन्त भटराईं ( शार्दूलविक्रीडित – मन्त्री प्रधानलाई प्रश्न छ ), जगदीश्वर पोखरेल ( पञ्चचामर – वसन्त ), टेकबहादुर लौडारी ( इन्द्रवज्रा – देह भयो उदाङ्ग ), द्वारिका कुइँकेल ( सवाई – नयाँवर्ष ), ( लक्ष्मिप्रसाद मिश्र ( सवाई – शुभकामना ), सुरेशचन्द्र घिमिरे ( कोपिला एक डाली ) बिनुबाबा घिमिरे र बाकृष्ण सुवेदी भद्र श्रोता हुनु हुन्थ्यो ।
प्रमुख अतिथि देवी नेपालले कर्मदा सिर्जना मञ्च नेपालले छन्दको उन्नयनमा योगदान गरेको छ भन्नुभयो । स्थापित र नवोदित सर्जकलाई आफ्ना रचना प्रस्तुत गर्ने, सिक्ने सिकाउने अवसर प्रदान गरेको छ भन्नु भयो ।
वाचन गरेका सिर्जनाको पद्यमा सुललित किसिमले समीक्ष गर्नु भएको थियो । प्रमुख अतिथिको कविताको समीक्षा कलानिधि दाहालले विशिष्ट किसिमल गर्नु भएको थियो ।
अध्यक्ष जगदीश्वर पोखरेलले गोष्ठीको संयोजन गर्नु भएको थियो । संस्थको अनुरोधलाई स्वीकार गरेर सहभागी भएर कविगोष्ठी सफल बनाई दिनु हुने सम्पूर्ण सर्जकलाई धन्यवाद दिदै समारोह समाप्त भएको घोषणा गर्नु भएको थियो ।
०००
जगदीश्वर पाेखरेलकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest








































