साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उठौँ जुरुक्क

हौँ वीर हामी किन झुक्नु पर्ने ? मीठा कुरामा किन बिक्नु पर्ने ? पुर्खाहरूको बलिदान सम्झी ज्यानै गुमाऔँ तर हुन्न धम्की ।

Nepal Telecom ad

हरिप्रसाद पौड्याल :

आई पराई सडकै बनाए
ताली बजाई उधुमै रमाए
गाडी र घोडा पनि पो कुदाए
हाम्रा त साँच्चै किन हो निदाए ।१।

कुर्सी छ प्यारो यिनको त आज
भूभाग मिच्ता पनि छैन लाज
लामो छ निद्रा सपना सचित्र
बाँडेर बस्छन् रमिता विचित्र ।२।

पल्किन्छ ढाडे तर चाट्न पाई
ढाडै नभाँचे अब हुन्न भाइ
मेची र काली सब उठ्नु पर्छ
माटो मिचेमा मुटु दुख्नु पर्छ ।३।

हौँ वीर हामी किन झुक्नु पर्ने ?
मीठा कुरामा किन बिक्नु पर्ने ?
पुर्खाहरूको बलिदान सम्झी
ज्यानै गुमाऔँ तर हुन्न धम्की ।४।

माटो र पानी जनजिन्दगानी
आधार हाम्रा हिम शैल खानी
तिघ्रा कमाई पछि लुक्नु हुन्न
उठौँ जुरुक्कै अब सुत्नु हुन्न ।५।

०००
धुलाबारी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपना

सपना

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
नेतृत्व भयो काँतर

नेतृत्व भयो काँतर

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x