साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता बन छोरा

फेरि थाहा पाउलान् जनताले, ठूलो राष्ट्रभक्त भनि ठान्थे ! ठूलो नेता हुनलाई, चटकी बन्न नबिर्स है ? पिपलपाते उखानले काटे, प्रश्न राख्दा कसैलाई नडाँटे !

Nepal Telecom ad

नेता बन छोरा,
सिस्टम बना हेराफेरा,
ताकत जमा आफ्नै डेरा ।
स्विस बैंकमा खाता खोल,
पैसा कमा बजा ढोल !
उठा चन्दा बना धन्धा,
मारपीट गरा अन्धा धुन्ध ।
पहाड, तराई, जात, जाती,
सबलाई लडा आफू माथि ।
अन्धधुन्ध व्यापार बन्द,
राजधानी जस्तै बढा दुर्गन्ध ।
हैजा बढा बराबर,
जनता मार राज गर ।
भोका नांगा वेरोजगार देशमा,
जोगी हुन नजाऊ है यसमा ।
आफ्ना छोरा विदेशमा पढा,
जनताका छोरा देशमा लडा ।
गुण्डागर्दी आफ्नो मर्जी,
ऐलानी, गुठी, लालपुर्जा फर्जी ।
धर्म बेच पटापट,
फूटा समाज फटाफट ।
संस्कार मास मनपरि चला,
चर्को भाषण दे सुका गला !
सपना बाँड भटाभट,
कमाउनु कमा फटाफट ।
सोझा जनतालाई जोत्नु जोत्,
आफ्नो महलमा हीराले पोत ।
हाम्रो किसानी बन्द गरा,
विदेशको गरामा पानीले भरा ।
नदी नाला बेचिदे,
ब्रीफकेसमा पैसा ले ।
दशगजा यतै सजा,
संसदमा छलफल गर्नै नजा !
काट सबलाई मार्नु मार,
स्विस बैंकमा पैसा झार !
बन्द व्यापार आफै गर,
पैसाको थैली चुपचाप भर !
काम तैंले गर्दै नगर,
कमा पैसो वरोवर !
बेरोजगारी बढा अगाडि,
बेच युवा अरव र खाडी !
गर भ्रष्टाचार सदावहार,
लडा जनता बेच हतियार ।
स्कूल कलेज बन्द गराऊ,
युवा लडाउन झन-झन अह्राऊ ।
राज गर सँधै भर,
नमान कसैको डर ।
लाज घिन सबै पचा,
सपना बाँड बिर्सी बाचा ।
यो कुरा गोप्य राख,
बाबु छोराको गोप्य वात् !
फेरि थाहा पाउलान् जनताले,
ठूलो राष्ट्रभक्त भनि ठान्थे !
ठूलो नेता हुनलाई,
चटकी बन्न नबिर्स है ?
पिपलपाते उखानले काटे,
प्रश्न राख्दा कसैलाई नडाँटे !

०००

हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दमदार दमडी

दमदार दमडी

सर्वज्ञ वाग्ले
साँढे

साँढे

सर्वज्ञ वाग्ले
मुर्ख समाज !

मुर्ख समाज !

सर्वज्ञ वाग्ले
जस्तो आफू उस्तै च्यापु

जस्तो आफू उस्तै च्यापु

सर्वज्ञ वाग्ले
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x