सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नेता बन छोरा

फेरि थाहा पाउलान् जनताले, ठूलो राष्ट्रभक्त भनि ठान्थे ! ठूलो नेता हुनलाई, चटकी बन्न नबिर्स है ? पिपलपाते उखानले काटे, प्रश्न राख्दा कसैलाई नडाँटे !

Nepal Telecom ad

नेता बन छोरा,
सिस्टम बना हेराफेरा,
ताकत जमा आफ्नै डेरा ।
स्विस बैंकमा खाता खोल,
पैसा कमा बजा ढोल !
उठा चन्दा बना धन्धा,
मारपीट गरा अन्धा धुन्ध ।
पहाड, तराई, जात, जाती,
सबलाई लडा आफू माथि ।
अन्धधुन्ध व्यापार बन्द,
राजधानी जस्तै बढा दुर्गन्ध ।
हैजा बढा बराबर,
जनता मार राज गर ।
भोका नांगा वेरोजगार देशमा,
जोगी हुन नजाऊ है यसमा ।
आफ्ना छोरा विदेशमा पढा,
जनताका छोरा देशमा लडा ।
गुण्डागर्दी आफ्नो मर्जी,
ऐलानी, गुठी, लालपुर्जा फर्जी ।
धर्म बेच पटापट,
फूटा समाज फटाफट ।
संस्कार मास मनपरि चला,
चर्को भाषण दे सुका गला !
सपना बाँड भटाभट,
कमाउनु कमा फटाफट ।
सोझा जनतालाई जोत्नु जोत्,
आफ्नो महलमा हीराले पोत ।
हाम्रो किसानी बन्द गरा,
विदेशको गरामा पानीले भरा ।
नदी नाला बेचिदे,
ब्रीफकेसमा पैसा ले ।
दशगजा यतै सजा,
संसदमा छलफल गर्नै नजा !
काट सबलाई मार्नु मार,
स्विस बैंकमा पैसा झार !
बन्द व्यापार आफै गर,
पैसाको थैली चुपचाप भर !
काम तैंले गर्दै नगर,
कमा पैसो वरोवर !
बेरोजगारी बढा अगाडि,
बेच युवा अरव र खाडी !
गर भ्रष्टाचार सदावहार,
लडा जनता बेच हतियार ।
स्कूल कलेज बन्द गराऊ,
युवा लडाउन झन-झन अह्राऊ ।
राज गर सँधै भर,
नमान कसैको डर ।
लाज घिन सबै पचा,
सपना बाँड बिर्सी बाचा ।
यो कुरा गोप्य राख,
बाबु छोराको गोप्य वात् !
फेरि थाहा पाउलान् जनताले,
ठूलो राष्ट्रभक्त भनि ठान्थे !
ठूलो नेता हुनलाई,
चटकी बन्न नबिर्स है ?
पिपलपाते उखानले काटे,
प्रश्न राख्दा कसैलाई नडाँटे !

०००

हाल अमेरिका

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दमदार दमडी

दमदार दमडी

सर्वज्ञ वाग्ले
साँढे

साँढे

सर्वज्ञ वाग्ले
मुर्ख समाज !

मुर्ख समाज !

सर्वज्ञ वाग्ले
जस्तो आफू उस्तै च्यापु

जस्तो आफू उस्तै च्यापु

सर्वज्ञ वाग्ले
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल