सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हामी

हामी ध्यान-विचार केही नगरी विवेकको गला घोटिरहेका छौं, न्यायको ऐठन गरिराखेका छौं ! हामी चक्रपद्धतिले कुर्सीमा बस्न पुग्ने प्रचलनलाई महानिर्वाचन भन्न खोज्दछौं ! विदेशी जाम-जेली र मदिरा नपिए हाम्रो आँत भरिदैन ।

Nepal Telecom ad

हामी साहित्यमा जसरी चित्रित हुन्छौं उसरी व्यवहारमा हाम्रो अर्कै चित्र तयार भैरहेको हुन्छ । म कैलेकहीं बजारमा बेकामे मालको असली विज्ञापन पढ्न पाउँछु । मालभन्दा विज्ञापन असली चाहिन्छ भन्ने हाम्रो सोचाइ रहेको पाइन्छ । हामी सत्यलाई बङ्ग्याउनु नै चतुर्‍याइँ हो भन्ने बौद्धिक टाटपल्टाइमा छौं । सत्यलाई कदाचित् देख्न पायौं भने डरले काम्न थाल्दछौं । डोकाले छोपिएर लुक्न सफल भएका हामी कलाको प्रतिपादन गर्न बचनबद्ध रहेका छौं । हामी भजन-कीर्तन मण्डलीका सदस्य बनेर अदृश्य प्रति समर्पित छौं भने दृश्य प्रति बेइमान । त्यसैले साहित्यमा चित्रित मान्छेको छवि व्यवहारमा घृणित देखिन्छ । यद्यपि मानिस व्यवहारद्वारा चिनिन्छ र व्यवहारबाटको उसका जीवनको प्रति आस्था प्रकट हुन्छ । तथापि व्यवहारलाई पेट भर्नको लागि जैलेसुकै र जहाँ पनि सृजना गरेको पाइन्छ । व्यवहार शुद्ध नभए सत्वशुद्धि हुन्न, सत्वशुद्धि नभए निर्मल नहुने वज्रस्वाँठ मानवबाट दानवको सृजना भइरहेछ । दानवले ऐठन बढाएको छ, जलन गराएको छ र उत्पीडनको वात्याचक्र चाल्दछ । यसरी पिसाचहरूले ज्युँदो मान्छेलाई आक्रमण गर्न थालेका छन् । बोक्सी-छौंडा मिलेर रोग-व्याधि बढाइरहेका हुन्छन् भने भूत-देस्यानले बस्र्यौनी घरहरू खाली भैरहेका छन् । बाढ-पहिरोले अनियन्त्रित रुपमा धनजनको विनाश गरिराखेको छ ! भूकम्प, अग्निकाण्ड र बम विस्फोटनबाट सिंहदरवार, पेन्टागन जस्ता ठुल्ठुला स्मारक र सहरहरू स्वाहा भैरहेका छन् । यसरी हाम्रा व्यवहारको विलोम प्रक्रिया चालुरहेको पाइन्छ ।

हामी कसैलाई पनि नेतृत्वको भोक नलागेको कुरा गर्छौं भने व्यवहारमा आफैमा बढी नेतृत्वको भोक रहन गएको देखाउन लाज मानिराखेका छैनौं । यसरी हामी डोकोले छोपिन पुग्छौं, तर जनताका रकमी आँखाले हामीलाई बागियानमा दर्न पुग्छ ! सधैं असत्यमा अल्झिरहने उल्लुले सत्य देख्ता एक्कासि तर्सिएर भाग्ने डर हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहिरहनेछ । असत्यबाट सत्यमा पुग्दा आत्मकमजोर व्यक्ति मानव बौल्हाउन पनि सक्तछ । हाल हाम्रो यस्तै भयावह स्थिति छ ।

अनुशासन कायम गर्ने दिव्यास्त्र हामी कसैसँग पनि नभएको विदित हुन्छ । तर संहारास्त्र भने जोसुकैसँग भएको घमण्ड, बोध हामी सबैमा भए जस्तो लाग्छ । हामी मालिकको खेतमा काम गर्न जुटेका खेतालाहरू हड्तालको भाषा बुझ्दैनथ्यौं ! हामी जोतिएका कुराको प्रमाण लाग्दैन । च्युराको खाजा माग्नु अपराध सावित भइराखेको छ । श्रमिकहरूलाई चड्कन-च्युरा खुवाउने टोलरक्षा-वाहिनी सक्रिय छ । मणिजनहरूका भजन, कीर्तन र स्तुतिपाठले संचार क्षेत्र गुञ्जिराखेको छ, यसरी हाम्रो भाट-जीवन पन्पिरहेको छ ।

यस बेला जीवनले काँचुली फेर्नु छ भने स्वतन्त्र चिन्तनलाई धमिल्याउनु पर्दोरहेछ ! देवासुर संग्राम हुँदा देउताको पक्ष लिनेहरूका उन्नतिका प्राचीन कथाभित्र पनि पर्तमान समाजभन्दा बढ्ता कुरा केही पाइन्न । अचेल गंगामा नुहाउँदा पनि हाम्रो अन्तस्करण शुद्ध हुन सकेको छैन । रामायण सुनेर हामी चोखिएका हुँदैनौं । हाम्रो दैनिक व्यवहारशुद्धि नहुनु दुर्भाग्य साबित भइराखेको छ । हामी स्यालहरू बाघको छालामा रजाई गरिरहेका छौं । हामीमा बेफुर्सतीको भाव छ र कमाउप्रवृत्ति छ । हामी धन-सम्पत्तिका लागि विदेशको दलाली गरिरहेका विदित हुन्छौं । हामी घर बेचेर जेबमा नगद राख्नुलाई पुरुषार्थ ठानिरहेका छौं ! हामी देश र नरेशको जय भनेर कर्तब्यभन्दा बढी औपचारिकता देखाइराखेका छौं । देशको विकास गर्ने ठेक्का लिएको यतिका वर्षपछि देशमा घट्न गइरहेका दुर्घटनाप्रति सोझासादा नागरिकलाई जिम्मेवारी ठहर्‍याई कारवाही गर्न हिच्किचाइरराखेका छैनौं । हामी आपसको बाँडचुँडलाई राष्ट्रिय लगानी ठान्छौं । शिक्षालाई पाप संझन थालेका छौं र शिक्षक प्रति शङ्कशील । हामी विद्यार्थीले राजनीति गरेको देख्छौं भने अभिभावकले कानमा तेल हालेको ¤ यतिका वर्षसम्म नसुल्झिएको गाँस, बास र कपडाको समस्याले हामी चटक गर्न खोजिरहेका छौं । हाम्रो चटक आम नागरिकले बुझ्न थाले भन्ने हामीमा ठूलो त्रास छ ! हामी सर्वनाशका नाटकको अभिनयनमा महान कलाकार बन्दै गइराखेका छौं । हामी देशमा संकटकालीन स्थितिको पुनर्वहालीमा छौं र बोलिएको पाइन्छ । यस्तो त्रासद वातावरणमा हामी निश्चिन्त सुतेर मस्त सपनासम्म देख्न सकिराखेका छैनौं ।

लोकले स्वीकृतिको मोहो लगाएको बिपना देख्ने स्वार्थान्धताले हाम्रो व्यवहारलाई ढाकिसकेको छ । हामी लोकलाई भेडाबाख्रासरह ठानेर आआफ्नो डम्फू बजाउन चाहन्छौं ! लोक आफूलाई सचेत र आत्मनिर्भर बनाउँदै लगिराखेको छ । नेतृत्वको भोक शमन गर्न हामी जति भोट उति नोटको वित्तीय भार वहन गर्न सक्ने निजी चरित्रलाई लुकाउन खोज्छौं । च्यातिएको पर्दाले अझै हामी ढाकिने प्रचेष्टामा छौं । यस्तो दयनीय अवस्था छ कि हामी डराएर पनि बाँच्न सकिराखेका छैनौं ।

हुन त हामी अपूणर्बाट पूणर् निकाल्ने उद्योग गरिराखेका छौं, देश र जनताका दुहाईमा हाम्रा बोलीहरू खर्च भैरहेका छन् । हामीलाई मृत्युसँगभन्दा जीवनसँग डर भइराखेको छ । हामी दुस्मनसंग घुँडा टेकेर स्वजनसंग विरोध गर्दछौं । हामी वन-जंगललाई चाहिने कानुनका ठेलीहरू निर्माण गर्न तम्सिराखेका छौं । हाम्रो भविष्य अनिश्चित छ । हामी वाग्विज्ञानको तलासमा छौं र कृत्रिम रङ्ग दलेर सुन्दर बन्न खोजी रहेका छौं ! हाम्रो कालो कर्तुत देख्न सक्ने आँखाहरू फुटाली छाड्ने हाम्रो भीष्म प्रतिज्ञा छ । हामी प्रभावको बिजुली बालेर राजमार्ग देखाउँछौ ! र जोडतोढसँग काम बनाउँछौं ! सेवाको मूल्यांकन देशले गर्न नसकेको रुवाइ रुन्छौं ! जनतालाई शिक्षा दिलाउँदा आफूलाई आपत्ति आइलागेको अनुभव गर्छौं । हाम्रो सोचाइ दिनहुँ प्रतिलोभ बनेको छ । हाम्रा सहयोगीभन्दा विरोधीहरूको सङ्ख्या गुणात्मक रुपमै धेरै पुगेको छ । हाम्रा निजी आदतबाट व्यवहार स्पष्ट हुँदैन । हाम्रो व्यवहार संकीणर् र समाज विकीर्ण हुँदै गइराखेको छ । हाम्रा तलासहरू दुःखदायी काँढादायी बनेका छन् । हाम्रा अठोटहरू हाम्रो चरित्र बनेका छन् । हामीलाई सुरा र सुन्दरी नभै नहुने आदत बनिसकेको छ । हाम्रो यसै आदतबाट वेश्यावृत्तिको सृजना भइरहेको छ । हामी अवैध सन्तानका अनुत्तरदायी बाबुआमा हौं । हाम्रो ठनक-मनक ठाँटिलो छ ! हामी कसैप्रति जवाफदेही लिदैनौं ! भीरबाट लडेको ढुङ्गोझैं हामी कुदिराखेका छौं- अनिश्चित भविष्यतिर हामी पतनोन्मुख छौं ! हामी निर्जीव यन्त्र झैं स्वचालित मिसिनरीलाई जीवन सकारी राखेका छौं ।

हाम्रो दुर्नियति छिप्पिएको बोकोझैं वाः ! वाः ! गर्दै कराइरहेको छ । हामीले जीवनमा धन-कुबेर बन्नु नै उच्च लक्ष्य लिएका छौं । अस्ततव्यस्तताले रातोदिन पिरी राखेको छ, गोमन सर्पहरूले डसिराखेका छन् । ठूलो वात्याचक्रभित्र सास फेर्न नसकी निसस्सिएर मर्न आँटिएको छ । प्राण जान आँट्ता त्राण दिने विधाता छैन । व्यवहार विज्ञान जटिल भएर गएको छ । सेखी-सानहरूको दुर्हाल पारिराखेको छन् । नहुनु र हुनुमा झगडा छ, ठूलो र सानो बीच अमानवीय व्यवहार छ । व्यवहारबाट माझिनुभन्दा नुहाएर सफा हुनुलाई महत्व दिइन्छ । भोको प्राणीलाई भन्दा अघाएको व्यक्तिलाई खान कर गरिन्छ । शीत-तापको सन्सारमा सधैं वसन्त र जीवनमा बैंस रहिरहन्न । त्यसैले आज हामी मान्छेको परिभाषा बनाउन थालेका छौं । मान्छे बस्ने भूगोलको प्राकृतिक महत्व बुझ्न थालेका छौं । मुक्त आत्माहरूले गगनमा उडान भर्न थालिसकेका छन्-निर्जीव नभोयान बनेर । हामी ऊध्र्व गमन गर्न चाहन्छौं- केवल मिसिन (संयन्त्र) बनेर । तर उड्डयनको महत्व भने कम छैन । ध्यानमा ऋषिमुनिहरू ब्रम्हलोक उड्थे भन्ने कुरालाई कल्पनाको आधारमा हामी सत्य ठान्छौं । हामी मद्यपान गर्ने शिक्षकहरू विद्यार्थीलाई मद्यपान गर्न नहुने विषयमा शिक्षा दिइराखेका छौं ! हामी धूमपानरसिक डाक्टरहरू समाजको टी.बी. निर्मूल गर्न कटिवद्ध छौं । हाम्रा ओखतीहरू काल टार्न सकून् न कलह टार्न सकून्- जस्ता छन् ! हामी छोटे राजा बनेर रोगी फौज जम्मा गर्ने खोज्छौं ! हामी आगो र पानीसंग लडाई गर्छौं । हाम्रो व्यवहार आततायी किसिमको छ ! हाम्रो सौजन्यता लोपार्नुमाफिकको छ !

हाम्रो नेपाल र हामी नेपाली विभिन्न थरिका छौं, तर हाम्रो आस्था सर्वेश्वर वा एकेश्वरमा छ । हामी भाषणमा राष्ट्रियताको विद्वतापूर्ण प्रतिपादन गर्छाैं भने फेसनमा हामी बेलाइती सुटपैन्ट, टाई, इण्डियन वा चाइनिज जुत्ता, फ्रान्सिसीकटको दाह्री-जु“घा रखाइ, विचारमा मार्क्क्र्सिस्ट र व्यवहारमा फासिस्ट हुन्छौं ! हाम्रो राष्ट्रियताको निसानी न टुपी छ न टोपी ! अर्धमुण्ड बेलाइती बनेर हामीले राष्ट्रिय चरित्रमा खलल पुर्‍याएका छौं । विदेशी सभ्यता सिक्ने धूनमा विदेशी अर्थोपनिवेशको पैठारी गरिराखेका छाैं ! हामी आमोद—प्रमोदमा चन्द्रमा छुने अमेरिकनभन्दा बढी हुन खोज्छौं, तर ढङ्ग मरु । मुलुककै अर्थतन्त्रलाई निजी तवरले कुम्ल्याउन सकिन्छ कि सकिँदैन । हाम्रो बुद्धिमानी यसैमा छ । हाम्रा जनता हामीलाई कति विश्वास गर्छन्, यो कुरा नेतृत्व गर्नेले बुझ्नु भएको होला- कविता लेख्न र राजनीति गर्न कुन महँगो पर्छ ? कवि के लेख्छ र नेता के भन्छन् ? शिक्षक के भन्छन् र विद्यार्थी के गर्छन ? इत्यादि कुराको चियोचर्चो वैज्ञानिक अन्वेषणजस्तो खोजको विषय बनेको छ । यसबाट हामीले विज्ञानको कुन गुप्त रहस्य फेला पारौंला- थाहा छैन ! हाम्रो मुलुकमा एउटा मात्र मौलिक विज्ञान छ, जसलाई चियोचर्चो भनिन्छ । हाम्रो विज्ञान पनि विश्वविख्यात वस्तु बनिने हो कि ?

घमण्ड बोलेको भावमा सच्चा कलाकार झुक्न सक्तैन । उसलाई झुकाउन लाउने प्रक्रियालाई हामी तानतुन पारेर फैलाई राखेका छौं ! हामी सकेसम्म कलाकारलाई कँजाएर श्रेष्ठताको भावमा प्रशंसाका गीत सुनिरहेका हुन्छौं ! मैले सुनेको छु- विघटित रसिया वा चीनतिर कवि वा कलाकारले कम्युनिज्मलाई मद्दत पुर्‍याउने खालका रचना लेख्नुपर्दछ- स्वतन्त्रताको महत्व छैन । हाम्रो मुलुकका प्रतिभाहरू पनि त्यति हदसंम भने स्वतन्त्र बन्न सकेका छैनौं ¤ यसर्थ व्यवस्थाको नाम जे राखे पनि हामीले प्रशासकलाई तलव भर्नुपर्छ ! रस्सियामा पनि एउटा मजदुर र अर्को प्राध्यापकको तनखामा समानता आउन सक्तैन । नेपालमा त त्यस्ता कुराको बिम्बनामात्र हामी साहित्यमा पढ्न पाउँछौं । तर ए नेपाली हजुर ! के हजुरलाई पढ्ने फुर्सत छ ? भनेर हाम्रो साहित्य उत्तानो परेर हामीसंगै सोधिरहेको छ भने हामी विदेश गएका बेलामा त्यहाँका सञ्चारकर्मीहरूलाई नेपाली भाषा, साहित्य र संस्कृतिको बारेमा अन्तर्वार्ता दिनुपर्दा के भनेर टारौंला ? विचारणीय विषय छ ।

विदेशमा गएर जे बोले पनि हुन्छ भन्ने हाम्रो सोचाइ हो भने स्वदेशमा पनि हामी जेसुकै बोलिराखेका हुन्छौं ¤ प्रशासक र कर्मचारीका पुत्रले विद्यार्थीले अखिले गुटमा लाग्नु हुँदैन भन्ने हाम्रो धारणा छ । तर वैध संगठनमा जसले लागे पनि हुन्छ, अवैध र आतड्ढकारी संगठनमा जसले लागे पनि हुन्छ, अवैध र आतड्ढकारी संगठनमा कसैले लाग्नु हु“दैन । पञ्च मित्रहरू एकदिन अल्पमतमा आउनुहुनेछ र शोषित—पीडितहरू बहुमतमा आउनेछन् । त्यस दिन सत्ता परिवर्तन भएको मानिनेछ ! जहाँ हामी यस्तो दुर्दिन नआओस् भनेर भाषणका बम पड्काई राखेका छौं ! हाम्रो मनस्स्थिति डाँवाडोल भएको छ । हामी ध्यान-विचार केही नगरी विवेकको गला घोटिरहेका छौं, न्यायको ऐठन गरिराखेका छौं ! हामी चक्रपद्धतिले कुर्सीमा बस्न पुग्ने प्रचलनलाई महानिर्वाचन भन्न खोज्दछौं ! विदेशी जाम-जेली र मदिरा नपिए हाम्रो आँत भरिदैन । हामी असमान सन्धिद्वारा स्वदेशी नद-नदीहरू विदेशलाई बन्धकमा दिएर विदेशी मुद्राको आर्जन गरिराखेका छाैँ र हाम्रो मौलिकता यस्तै खाले छ ।

हाम्रो खराबीसम्म मौलिक छैन । खानपानदेखि लिएर रहन-सहनसम्म मौलिक छैन-आयातित र अनुसृत छ । हामी जागिरे छ“दा घुस खानुपर्छ भन्ने भावनाले काम गरिरहेका छौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको विशाल नेपालमा जन्मेका हामी भुसुनाहरू ऐले आएर ठूलो कि सानो हुँदै छौं थाहा छैन । कविको सुन्दर सपनाजस्तो हाम्रो देश अझैं मौलिकता देखाउनुभन्दा लुक्न खोज्दछ, तर हामी भने लुकेको ठाउँमा पुगेर मुलुकलाई नङ्ग्याई रहेका विदित हुन्छौं ! हामी जन्माउने आत्मालाई चीरहरण भएकी गोपीझैं निर्वाङ्ग पारेर वेश्यालाई सिंगार्न खोज्दै छौं ! हामी विलासिताका विदेशी सामानले आफू सिगारिनु नै कला हो भन्ने भ्रममूलक दिशाबोधमा छौं । हामी अस्तित्वका निम्ति जाल गरेर काल कटनी गर्दै छौं ! हामी दरिद्रलाई दुस्मनको रुपमा चिन्छौं ! परोपकाराको शास्त्रीय भावना लोप हुँदै गएको छ । हाम्रो जीवन तासजूवाको बाजीमा हान-थाप भइराखेको छ । जित-हार भइराखेको छ, नाफा-नोक्सान भोगिरहेको छ । हामी बर्सेनी दाह्री कटाएर लाखौं रुपैयाँ भारतको हजामलाई दिई “दानी मालिक” कहलिएका छौं ! हामी आफ्ना धारामा गरिवलाई पानी खान नदिएर ठूला “धर्मात्मा” कहलाएका छौं । पापीहरूका नानी पढ्ने पाठशालामा सकेसम्म कम चन्दा हालेर सञ्चालक समितिका “हेड” हुन हामी चाहन्छौं ! मूलतः हामी चन्दा विरोधी छौं ! फेरा मार्दै नाद बजाउने जोगीको भेषमा रातमा आएर आफ्नो घर घेराउ हुँदा पनि हामी परम्परा हो भनेर निश्चित सुतिराखेका छौं ।

समयले हामीलाई “म” भावना नै ज्यादा पढाउँदै छ । देशका सूत्रधारहरूले सुधारिएको व्यवस्था र सुध्रिने अवस्था पाइसकेका छन् । सुध्रिनु, सुधार हुनु देशको हितमा छ- किन्तु मुलुकविरोधी क्रियाकलाप केको छैन । हाम्रो दृष्टिकोण साँगुरिदै गएको छ । हाम्रो हेर्ने तरिका विशाल हुन चाहिन्छ । हामीले जुनसुकै हालतमा पनि, जस्तैः व्यवहारबाट, आहारबाट पैराहारबाट र विचारबाट समेत मुलुकको अस्तित्व जोगाउनु जरुरी छ । विद्यार्थीले राजनीति नगरुन् भन्ने भावना राख्नु भन्दा उच्छुङ्खल नबनून् भन्ने सौभ्य भावना राख्नुपर्दछ । शिक्षाले सबल र स्वतन्त्र नागरिकको निर्माण हुन सकोस्, राष्ट्रकविहरू जन्मियून ! स्वतन्त्र र निर्भीक बौद्धिक वर्ग खडा होओस् ! मेरो विचारमा सत्तासीन सरकार पनि बौद्धिक वर्गलाई नै मानियोस् ! यसो गर्दा देश बिग्रेला भन्ने डर रहँदैन । तर यसो हुन असम्भव देखिन्छ । यस बेला यस्तो कुरा विशुद्ध कल्पना हो भन्न पनि नसकिएला जस्तो स्थिति छ । यसैले हामी देश-निर्माणको क्रममा जनताको सामु पुग्ने वातावरणसम्म भत्काएर उखेलिएको मूलासरह हुन पुगेका छौं । हामी मुलुकलाई कुन दिशातिर लैजाँदै छौं, शीतल दिमागबाट सोचिनुपर्दछ ।

०००
विराटनगर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बुढ्यौलीको व्यथा

बुढ्यौलीको व्यथा

सोमराज ‘अभय’
सलाम छ काठमाडौंलाई

सलाम छ काठमाडौंलाई

सोमराज ‘अभय’
विकास कि विनाश ?

विकास कि विनाश ?

सोमराज ‘अभय’
चिहानपूजा

चिहानपूजा

सोमराज ‘अभय’
ढाँटको पुस्तक !

ढाँटको पुस्तक !

सोमराज ‘अभय’
कस्तो जमाना भयो ?

कस्तो जमाना भयो ?

सोमराज ‘अभय’