साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विकास कि विनाश ?

तपाईको तथाकथित विकासलाई हतिया बनाए हामी मैदानमा उत्रेपछि तपाई प्रजातन्त्रको नाउँमा राज्यसत्ताको बन्दुक सोझ्याउनुहुन्छ ।

Nepal Telecom ad

अचेल विकास भन्न, विकास लेख्न र विकास गर्न सजिलो भएको छ । तपाईंहरु विकास बोल्नुहुन्छ- हामी सुन्छौं । तपाईंहरू विकास लेख्नु हुन्छ, हामी पढ्छौं । तपाईहरू विकास गर्नुहुन्छ- हामी देख्छौं ।

प्रश्न छ-विकासको शुद्ध परिभाषा सभ्यता, सुशिक्षितता र सुसम्पन्नता होइन र ? अनि यसो हुन जुँघा हेरी धेर थोरको चाँजो पार्नुभएको विषय हामीले विकासको गर्भमा हेर्न पायौं । सम्पत्तिको धेर-थोर वितरणले धनी र गरिवको गर्भमा हेर्न पर्खाल ठड्याउने यस प्राकृतिक व्यवस्थालाई पर्खालझैं भत्काउनु हुँदैन भन्ने तर्क छ । तपाईको यही तर्क नै विकास हो त ?

हामीले खेती गरेका छौं, डाँडाकाँडालाई सभ्याएर खेत र गरा खनेका छौं । हामी कुलो खन्छौं- तपाई पानीकर लगाउनुहुन्छ । हामी नदीमा साँघु हाल्छौं-तपाई साँघु तरेको ट्याक्स उठाउनुहुन्छ । हामी बाटो खन्छौं, तपाई मोटर कुदाउनुहुन्छ । हामी पैसा तथा अन्य पैदा गर्छौं- तपाई त्यो आरामसाथ त्यस घरमा राज गर्नुहुन्छ जब कि हामीले फुटपाथमा खातेझैं सुन्तुपर्ने अवस्था छ । आफ्नो निसिपलाई धिक्कारेर तपाईका भाग्यको सहनी गर्ने आत्मज्ञान शिक्षा दिलाउनुभएको छ र के बौद्धिक, के नैतिक, के सामाजिक, के आर्थिक सबै दृष्टिकोणबाट हामीलाई कार्टुन बनाउनुभएको छ ।

तपाई राजनीतिक विकासको नारा दिएर जनताको चेतनालाई यथास्थितिमा बदल्नुहुन्छ र यसलाई युगको माग भन्नुहुन्छ । वास्तवमा युग-सापेक्ष नीतिको बाधक तत्व भनेको नै केवल तपाई हो । के तपाईले कुनै सहरको बैंकमा ब्यालेन्स गर्नुभो, अथवा युरोपीय शैलीका महलहरू सहरैपिच्छे बनाउनुभयो, हदभन्दा माथिको जग्गामा चिया रोपेर उद्योगपति हुनुभो, अथवा आफू लगायत भाइभतिजाका जीउनीको बन्दोबस्त मिलाउनुभयो, यद् वा मुलुककै सत्ता हत्याउनुभो, यसैलाई हामीले विकास मान्ने ?

इतिहासले तपाईको मूलप्रवृत्तिलाई लगभग तीन सय वर्ष अगाडिको स्थितिमा धकेलेको छ । शासनमा परिवर्तन किन हुन्छ ? तपाई यो कुरा बुझ्नुहुन्छ । शासनका परिवर्तनको नाउँमा तपाईको चकचकी ! यही हो छ विकास ?

तपाईं आफ्नो खोराक कसरी जुटाउनुहुन्छ भने हुल्याहा वानरहरूले मकैका बारीमा पसेर पसेर घोगाहरूको लुछाचुँडी गरेझैं राष्ट्रियसम्पत्तिको बन्दरबाट मिलाउँदै हुनुहुन्छ । अजनतान्त्रिक पक्षसंग गठबन्धन बढाउँदै जानुभएको देखिन्छ । किन कि तपाईंंका कार्यकर्ताहरू हामीसँग आएर निरपेक्ष गरिवीको रेखामुनि ५५ प्रतिशत भन्दा बढी नेपाली पर्छन् भनेर भाषण दिन्छन् । भाषणले मुलुक बन्ने भए रासन किन चाहिन्थ्यो ? घरमा अनिकाल पर्‍यो भन्दैमा छोराछोरी मार्नु त अन्याय हो, अत्याचार हो र घोर पाप पनि हो ।

अन्योल र निराशाको भावमा चलिरहेको व्यवस्थाका अनावश्यक कार्यकर्ता र पञ्चायतको गठन गरेर यता अर्को राजनैतिक विकास गरियो भन्नु चाहिं केटाकेटीले प्लाष्टिकको बेलुन पाएर रसाएभन्दा बढी केही होइन । तपाईको पाउ पर्नेलाई भात र नपर्नेलाई लात यही विकासको द्वन्द्वात्मक प्रक्रिया भएको छ ।

एउटा दुष्ट मानिसले जतिसुकै पटक लुगा बदले पनि उसको दुष्ट स्वभाव बदलिने होइन । सौभाग्यवश, आज तपाईले हामीलाई यस्तो विकासको परिभाषा निर्माण गरिदिनुभएको छ कि यसलाई राम्ररी संझी बुझी तदनुरुप कार्य गर्ने हाम्रो बानी बसिसकेको छ ।

तपाईको तथाकथित विकासलाई हतिया बनाए हामी मैदानमा उत्रेपछि तपाई प्रजातन्त्रको नाउँमा राज्यसत्ताको बन्दुक सोझ्याउनुहुन्छ । यस्तो विकासले त निश्चय नै विनाशको रुप लिन्छ । विनासपछि निर्माण रातपछि दिनजत्तिकै उज्यालो सत्य हो र आगलागी भएपछि बनिएको घर फायरप्रूफ र बलियो बनिन्छ ।

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सर्वश्रेष्ठ

सर्वश्रेष्ठ

सोमराज ‘अभय’
ढाँटको पुस्तक !

ढाँटको पुस्तक !

सोमराज ‘अभय’
बुढ्यौलीको व्यथा

बुढ्यौलीको व्यथा

सोमराज ‘अभय’
हामी

हामी

सोमराज ‘अभय’
सलाम छ काठमाडौंलाई

सलाम छ काठमाडौंलाई

सोमराज ‘अभय’
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x