साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौलीको व्यथा

बडो भव्य नेता बनी बाँच्न खोजें, सधैँ बाँच्छु जस्तो गरी नाच्न खोजें , न ता काल टार्ने कुनै शक्ति पाएँ , वृथा उग्र आन्दोलनैमा रमाएँ ।

Nepal Telecom ad

गए दाँत फुक्लेर थोते बनें यी
सबै केश पाकेर सेता भए यी
न ता कानले सुन्छ,आँखा न देख्छ
शरीरैभरी चाउरीको मुजा छ ।

खलाँती चलेझैँ बडो शीघ्र शीघ्र
बढी आउने श्वास प्रश्वास तीव्र
गरूँ काम भन्दा न गर्नै सकिन्छ
न ता बाँच्न चासो न मर्नै सकिन्छ ।

अहो वृद्धताले जसै गाँज्न थाल्यो
अनेकौँ महारोगले झन् सतायो
न सम्पत्ति, पत्नी न ता पुत्र, मित्र
हुँदैनन् कुनै जानुपर्दा म साथ ।

मलाई सबै थोक यी चाहिने हुन्
म मात्रै धनी भारि विद्वान् हुने हुँ
भनीकिन्तु धर्तीविषे जो कमाएँ
बचायो न त्यल्ले, न आफै म बाँचें ।

बडो भव्य नेता बनी बाँच्न खोजें
सधैँ बाँच्छु जस्तो गरी नाच्न खोजें
न ता काल टार्ने कुनै शक्ति पाएँ
वृथा उग्र आन्दोलनैमा रमाएँ ।

मुठी बाँधिआएँ यहाँ आउँदा म
मुठी खोलि जाँदैछु जाँदा कता म ?
नजानी नजानी गरें व्यर्थ काम
खरानी भयो देहसाथै तमाम ।

त्यसैले सधैँ सत्य छामेर लेख्छु
अरूको कुरा कान थापेर सुन्छु
फुटानी गरेझैँ सबैको भनाइ
वृथा लाग्छ सारा कुरा यी मलाई ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सर्वश्रेष्ठ

सर्वश्रेष्ठ

सोमराज ‘अभय’
ढाँटको पुस्तक !

ढाँटको पुस्तक !

सोमराज ‘अभय’
हामी

हामी

सोमराज ‘अभय’
सलाम छ काठमाडौंलाई

सलाम छ काठमाडौंलाई

सोमराज ‘अभय’
विकास कि विनाश ?

विकास कि विनाश ?

सोमराज ‘अभय’
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x