साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पारिजातको ८९ औं जन्मजयन्ती र सम्मान घोषणा

कार्यक्रममा वर्ष -२०७९ का लागि विभिन्न क्षेत्रबाट नेपाली समाजको रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका व्यक्तित्वहरूलाई सम्मानित गर्ने घोषणा गरिएको थियो ।

Nepal Telecom ad

काठमाडौं, २०७९ फागुन ३० । सुप्रसिद्ध साहित्यकार पारिजातको ८९ औं जन्मजयन्तीको अवसरमा पारिजात स्मृति केन्द्रले स्मृति भवन म्हेपी, नयाँबजारमा एक कार्यक्रमको आयोजना गर्‍यो ।

कार्यक्रममा २०७९ का लागि प्रदान गरिने पारिजात सम्मानहरू घोषणा गर्नुका साथै पारिजातका जीवनका केही महत्वपूणर् पक्षहरू माथि परिसम्वाद कार्यक्रम संचालन गरिएको थियो ।

उक्त परिसम्वाद कार्यक्रमको संयोजन स्मृति केन्द्रका सदस्य डा. महेश मास्केले गर्नुभएको थियो भने कार्यक्रममा पारिजातकी बहिनी सुकन्या वाइबाले पारिजातका जीवनका विविध आयामका बारेमा धारणा राख्नुभएको थियो ।

कार्यक्रममा वर्ष -२०७९ का लागि विभिन्न क्षेत्रबाट नेपाली समाजको रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका व्यक्तित्वहरूलाई सम्मानित गर्ने घोषणा गरिएको थियो- जस अनुसार पारिजात सङ्घर्षशील नारी सम्मान- २०७९ बाट सङ्घर्षशील नारी व्यक्तित्व गोमा देवकोटा, पारिजात सिर्जन सम्मान- २०७९ बाट साहित्यकार शार्दूल भट्टराई, पारिजात बालसाहित्य सम्मान- २०७९ बाट बालसाहित्यकार गङ्गा कसजू र पारिजात कला सम्मान- २०७९ बाट सङ्गीतकार गुज्जे मालाकारलाई साहित्यकार पारिजातको ३० औं स्मृति दिवस २०८० साल वैशाख ५ गते एक कार्यक्रमका बीच सम्मान गरिनेछ ।

पारिजात स्मृति केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले संचालन गर्नुभएको उक्त समारोहमा उपस्थित महानुभावहरूलाई केन्द्रका अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x