साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे हुँदैनन् सबै

मान्छेभित्र पिसाचको अगतिलो सास् पस्न जाला जब हानाहान लुछाचुँडी अनि छिनाझप्टी मचिन्छन् तब हुन्छन् भीषण युद्ध मारपीटका बाँच्ने पनि मर्दछन् पापी पेट निमित्त मानिसहरू उत्पात नै गर्दछन् ।

Nepal Telecom ad

सोमराज अभय :

ठुल्ठूला पदमान कीर्ति र ठूलो जागीर खाने तिमी
पक्की बीस तले उचा महलमा द्यौता बनिन्छौ तिमी
भोकालाई उपासना र ब्रतको दीक्षा नदेऊ अब
खाई ज्ञान अघाउँदैन अबको मान्छे यहाँ वास्तव ।

मान्छेका भुँडीभित्र अग्नि भरिको फल्दैछ रे भोकले
भोका मानिसले जुलुस नझिके संघर्ष नै हुन्छ के ?
भोकालाई नहेप कालसँग हेल्चेक्रयाईं को गर्छ र ?
पोल्टाभित्र लुकाइ अग्नि कसले बालेर राख्ने छ र ?

पीनालाई नपेल तेल उसमा आउन्न आउन्न है
आफै मात्र अघाई बाँच्न अब खै पाउन्न पाउन्न है
साझा प्रकृतिका समस्त चीज ती पेवा हुँदैनन् कसै
साझा बस्तत्र् नीजि हुँदैन जगमा मान्छे हुँदैनन् सबै ।

मान्छेभित्र पिसाचको अगतिलो सास् पस्न जाला जब
हानाहान लुछाचुँडी अनि छिनाझप्टी मचिन्छन् तब
हुन्छन् भीषण युद्ध मारपीटका बाँच्ने पनि मर्दछन्
पापी पेट निमित्त मानिसहरू उत्पात नै गर्दछन् ।

मारिन्छन् सब दुष्ट कालगतिले साँचो कुरा टिक्तछ
ठूलो सानो हुँदैन त्यो बखतमा बाँकी बचेका बिच
त्यस्तो दीव्य समाज आउन नदिइ के बन्दछौ बादल
ढुस्सेभित्र ज्वलन्त सूर्य कहिलै छिप्तैन भन्ने बुझ ।

नौलो हुन्छ बिहान त्यो प्रगतिका नौलाख ढोका खुली
आत्मा तृप्त हुनेछ जीवन नदी बग्नेछ भै सिल्बिली
सेतो सत्य उदाउने छ रविमा जग्मग भई यो जग
साँच्चैको अलकापुरी कि अथवा वैकुण्ठ बन्ला तब ।

०००
झापा, हाल विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सर्वश्रेष्ठ

सर्वश्रेष्ठ

सोमराज ‘अभय’
ढाँटको पुस्तक !

ढाँटको पुस्तक !

सोमराज ‘अभय’
बुढ्यौलीको व्यथा

बुढ्यौलीको व्यथा

सोमराज ‘अभय’
हामी

हामी

सोमराज ‘अभय’
सलाम छ काठमाडौंलाई

सलाम छ काठमाडौंलाई

सोमराज ‘अभय’
विकास कि विनाश ?

विकास कि विनाश ?

सोमराज ‘अभय’
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
उमेर भनेकै यस्तै हो

उमेर भनेकै यस्तै हो

अनिल कोइराला
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x