साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निरीक्षण

गाउँलेहरूले हाँस्दै भन्न थाले, "साहब, यो खाल्डा हामीले भोट दिएपछि बनेको हो । तपाईं निरीक्षण त ठ्याक्कै चुनावको समयमा मात्रै गर्नुहुन्छ !"

Nepal Telecom ad

नन्दलाल आचार्य :

सुब्बा चुनाव नजिकिएपछि फेरि जनताको समस्या बुझ्न गाउँतिर लागे। उनी ठूला गाडी र दर्जनौं सुरक्षाकर्मीसहित गाउँको एक ठाउँमा पुगेका थिए । गाउँलेहरू जम्मा भए । सबैले हात जोड्दै आशा र अपेक्षासहित सुब्बालाई हेरे ।

सुब्बाले भव्य भाषण सुरु गरे, “म तपाईँहरूको दुःख हेर्नै सक्दिनँ ! अब यो ठाउँलाई स्वर्ग बनाइदिन्छु !”

त्यही बेला एउटा वृद्ध सुब्बाको अगाडि आएर भने, “हजुर, अबको कुरा छाडेर पहिला यो बाटो बनाइदिनुस् न । दुई वर्षदेखि खाल्डाखुल्डीमै डुबेर हिँड्नुपर्छ हामीले ।”

सुब्बाले हाँस्दै जवाफ दिए, “ओहो ! तपाईँहरू पनि कति हतार गर्नुहुन्छ ! विकासमा केही समय त लाग्छ । यो खाल्डा देखेर म पनि दु:खी छु । के थाहा तपाईँलाई, यो खाल्डो म आफैंले निरीक्षण गर्न बनाएको हुँ कि ?”

गाउँलेहरूले हाँस्दै भन्न थाले, “साहब, यो खाल्डा हामीले भोट दिएपछि बनेको हो । तपाईं निरीक्षण त ठ्याक्कै चुनावको समयमा मात्रै गर्नुहुन्छ !”

०००
२०८१ कार्तिक २५ गते हाल- एनेलकुटी, सिरहा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x