साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

मै हुँ भनाउनका लागि सबैका शरण पर्नुहुन्छ बरा हो नभएपछि गुदी बेलूनमा झैं पानी भर्नुहुन्छ बरा सतही दृष्टिले कन्याउने कुरा सतहमै उतारिदिन्छ कि ? र त उहाँ चिलाउने काउसाको बोट पर्नुहुन्छ बरा !!

Nepal Telecom ad

१.
विज्ञहरू छिद्र भ्वाङ छेकिदिनुहुन्छ, वाह भन्नुहुन्छ
अति उदारभावले आँत सेकिदिनुहुन्छ,वाह भन्नुहुन्छ
फोस्रो मान सान राखिदिन अनेकौं कष्ट उठाउँदै कसै
धर्मराएका खुट्टा आफैँ टेकिदिनुहुन्छ, वाह भन्नुहुन्छ ।

२.
मै हुँ भनाउनका लागि सबैका शरण पर्नुहुन्छ बरा
हो नभएपछि गुदी बेलूनमा झैं पानी भर्नुहुन्छ बरा
सतही दृष्टिले कन्याउने कुरा सतहमै उतारिदिन्छ कि ?
र त उहाँ चिलाउने काउसाको बोट पर्नुहुन्छ बरा !!

३.
साँच्चिकै खाट्टी बस्तुको विज्ञापन गर्नै पर्दैन
अनेकौं तरहले त्यसका गुणमा रङ्ग भर्नै पर्दैन
टिकाइरहन्छ आफूलाई गुणस्तरीय भएर नै
र त सस्तो बन्दै कसैका शरणमा पर्नै पर्दैन ॥

४.
बिर्सिन्छ आफैँलाई अनि अर्कोलाई औँलो ठाडो गर्छ ऊ
अहङ्कारले चुलिन्छ र कागले झैँ आफ्नै बखान छर्छ ऊ
दोस्रोको जरो खनेर चोर सावित गर्न लागिरहन्छ सधैंभरि
गिरेको छ आफैँ भित्रभित्रै र पनि खै किन मख्ख पर्छ ऊ ?

०००
कास्की, पोखरा
हाल, काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
होडबाजी !

होडबाजी !

दुर्गाकिरण तिवारी
बगर आफ्नो पराइ छुट्याउँदैन

बगर आफ्नो पराइ छुट्याउँदैन

दुर्गाकिरण तिवारी
केही ठोक्तक

केही ठोक्तक

दुर्गाकिरण तिवारी
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x