साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेरि खा

आ ! हैजासँग रोगका सिलिबिली ढाडी र लाभ्रा ल खा ! केको पार्नु धरा हरा झिंगनु खा ! सल्ला र काभ्रा तँ खा !

Nepal Telecom ad

गोही, गोमन सर्प या अरिमठे घस्रन्छ जेजे तँ खा !
लेदोसाथ अचेल झर्छ असिना बर्सन्छ तेजाब खा !
हेर्दै थर्थर काम्छ जो अघि परी तर्सन्छ खोसेर खा !
तेरो पाउ समात्छ, रुन्छ दिल नै पस्रन्छ सोसेर खा !

फाले एक गते लुतो अब लु तो जा त्यो अगुल्टै तँ खा !
राख्छन् पिण्ड पुरेतले तट पुगी खोजी बुकुल्टै तँ खा !
केको पाक्छ बजेट उन्नति भई काँचो कचल्टै ल खा !
माग्नेका घरमा पसेर उसका दाह्री जगल्टा तँ खा !

मेरो खा तनखा नखा अब तँ भन् लौ खान्न आफैं तँ खा !
खाँदो खा, गलगिद्ध खा, गगनमा उड्दै छ रे गिद्ध खा !
मागेको अनुदान, मान, रिनको विज्ञान जेजे छ खा !
रक्सी पार्न प्रयोग चप्पल अरू पाइन्छ केके तँ खा !

यो त्यो खा यति खा म भन्दिनँ लुटी हाब्रो बढाएर खा !
होलान् जे जति मूल्यवान् वनबुटी सीमा कटाएर खा !
आ ! हैजासँग रोगका सिलिबिली ढाडी र लाभ्रा ल खा !
केको पार्नु धरा हरा झिंगनु खा ! सल्ला र काभ्रा तँ खा !

कालो कट्टुस खा ! खुरुक्क निउरी बोक्रा र काँढा ल खा !
बत्ती बल्न न दे ! उसै समयमा टर्बाइनी तार खा !
चङ्गाझैं किन उड्नु दुर्बल यहाँ ? धागो र माडा ल खा !
पङ्गू, थेत्तर, लम्पटे, गँजडिया, घ्याम्पे र ट्यापे तँ खा !

गर्छन् देशविकास यन्त्रबलले आसे तँ एसै ल खा !
रित्तो रीत छ के छ मौलिक बता भेटिन्न भेटे तँ खा !
आफ्नै मासु लुछेर खा विरहको दिक्दारको दुःख खा !
देख्ने छैन निकाय या नियमले छेक्दैन सम्पूणर् खा !

भोजपुर, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धाश्रम- ३

वृद्धाश्रम- ३

एकेएन गोगने
वृद्धाश्रम- २

वृद्धाश्रम- २

एकेएन गोगने
वृद्धाश्रम- १

वृद्धाश्रम- १

एकेएन गोगने
खा !! खा !!!

खा !! खा !!!

एकेएन गोगने
आधुनिक रामायण

आधुनिक रामायण

एकेएन गोगने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x