एकेएन गोगनेआधुनिक रामायण
बायाँतर्फ गया उतैतिर सयौँ नेता हरामी थिया । दुर्गन्धी मलमूत्रका कप लिई कोच्याउँदैथे चिया ।। दायाँतर्फ गया तहाँ त कति हो झन् धेर बिच्चौलिया । कोखामाझ चिमोट्दथ्या र सुइरा छेड्थ्या कलेजा फिया ।।

एक् दिन् नारद नर्कलोक् पुगिगया क्यैबेर् तहाँ नै रह्या ।
नेता चोर बिचौलिया कथित डन् देखेर हैरान् भया ।।
राजा ती यमसामु हाजिर भया के हो कसो हो ? कह्या ।
कोर्रा लाउँछ दुष्टमा असुरले आफैँ दुखेझैँ भया ।।
१
भन्छन् ती यमले ’बसेर सुन ए ! नारद् तिमीले अब ।
तोरीतेल तताउँछन् र यिनले पोल्छन् त्यसैमा सब ।।’
तत्पश्चात् सब ती असुर् जति मिली बालेर आगो तहाँ ।
पारी नग्न शरिर् दलाल निचको कालो कराहीमहाँ ।।
२
थाले भक्कु उसिन्न नारद बरै ! छक् पर्दछन् क्या गरुन् ?
धर्तीमा जिउँदै मर्या अब यहाँ मोरा मजाले मरुन् ।।
सोची भ्रष्ट भएतिरै पनि गया आश्चर्य मान्दा भया ।
कुट्थे तप्त फलामले बल गरी गर्थ्या कसोरी दया !
३
अर्कैतर्फ हिँड्या र पो त उनले घुस्खोर देख्ता भया ।
ढुङ्गाले मुख किच्दथ्या अनि हटी नारद् अन्यत्रै गया ।।
अर्को उग्र दलाल् भयातिर गया हात् बाँधियाका थिया ।
घोच्थ्या सिस्नुसमानका जहरिला छेड्थ्या स-साना सिया ।।
४
बायाँतर्फ गया उतैतिर सयौँ नेता हरामी थिया ।
दुर्गन्धी मलमूत्रका कप लिई कोच्याउँदैथे चिया ।।
दायाँतर्फ गया तहाँ त कति हो झन् धेर बिच्चौलिया ।
कोखामाझ चिमोट्दथ्या र सुइरा छेड्थ्या कलेजा फिया ।।
५
हे ! भौमान् अति भो भनेर ऋषि ती नारद् अन्यत्रै गया ।
लुच्चा लम्पट कामवीर असती देखेर छक्कै भया ।।
चिम्टाले चिमटी त्वचा असुरले मायाँ गरी तेसरी ।
तातो भस्म दली नलेन्द्रियमहाँ पार्थ्या खसी बेसरी ।।
६
हुन्थ्या घातक इष्टका र कुलका नारद् बसी हेर्दथ्या ।
देख्नासाथ दिसा लडेर डरले काम्दै पिसाब् फेर्दथ्या ।।
भन्थ्या नारद घोरिई टहलिँदै हो यो पुरस्कार् ठिकै ।
झुन्ड्याएर उँधो निधारतिर नै लात्ती भकुर्थ्या निकै ।।
७
डाका धेर थिया तहाँ वरिपरी जङ्गी र लामा जुँगे ।
नाली बन्दुकको लिई असुरले माथा निचोरी ठुँगे ।।
छोडी देश बिदेसिने पनि थिया पास्पोर्ट खोसी लिया ।
तिन्का हात समाउँदै हल अनौ आँसी थमाई दिया ।।
८
अर्का सन्त थिया अधर्म उनका गन्नै नपर्न्या थिया ।
राम्रा मूर्ति बनाउन्या ! समयमै भन्दै नृपादेश् दिया ।।
पिट्थ्या पाट्ट र पिट्ट मूर्ति नकुँदे रुन्थ्या नजान्या भनी ।
राम्री भक्त भए बनिन्छ कि भनी गोद्थ्या मजाले अनि ।।
९
अर्का भोगविलासका बहरझैँ लाग्थे कुनै काफिया ।
हाम्रो देश बिताउने कलमुखा रै’छन् सबै माफिया ।।
तीन्का हात र पाउ बेस्कन कसी हेर्थे तमासा बसी ।
देख्थ्या गोमन सर्पले वदनमा मायाँ गरेको दसी ।।
१०
बोले नारदले ’भयो अब पुग्यो भूलोक लाग्न्या भयाँ ।’
‘राम्रो सूचन यो सुनाउन भनी’ यम्राज् स्वयम्ले कह्या ।।
राजा ती यमले ल, लाग त भनी नेपालमा बास् दिया ।
खासा रै’छ बडो अदालत भनी सन्तोषको सास् लिया ।।
११
Subscribe
Login
0 Comments
Oldest








































