साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धाश्रम- १

सारीमा न खिपा छ रङ्गबिनु यो फाटेर काती भयो । झुम्रोझैं छ शरीर हेर ! सबले यो देह सुक्दै गयो ॥

Nepal Telecom ad

एकेएन गोगने : 

पढ्ने मानिसले पढे अघि बढे धाएर विद्याश्रम ।
धेरै ती अब नासिएर बनिए एकान्त वृद्धाश्रम ॥
पुग्दो छैन भनिन्छ यो पनि कतै सङ्ख्या बढी वृद्धको ।
कालो दाग करालियो भुवनमा उत्पात सम्बृद्धिको ॥
॥१॥

त्यो वृद्धाश्रम रुन्छ उग्र गतिले सारा दिशा फैलँदै ॥
भन्डाफोर गरेर धेर नरको बोक्रेपना तौलँदै ॥
देख्छन् मानिस मार्गमा तर तिनी बोल्दै नबोलीकन ।
हिंड्छन् झट्पट चालमा किन सबै ओठै नखोलीकन ?
॥२॥

बर्खामास चुहुन्छ अम्बु धररी छाना र पाली चुही ।
गर्मीको रविरापले वदन यो झर्दै छ आफैं कुही ॥
आँधी आउँछ जोडले र खरुवा तानी धुजा पार्दछ ।
यस्तो कष्ट विषाद चाल अब यो कल्ले कहाँ तार्दछ ?
॥३॥

त्यत्रो अम्बर ढाक्छ मेघ-सजिलै धर्ती हरा साजले ।
ओढ्ने छैन यहाँ बिलाप नगरूँ मर्मान्तका लाजले ?
छोरानाति सबै उचा सदनमा हाँसो र खेलो गरी ।
मेरो चित्त चिथोर्दछन् पलपला च्यातिन्छ यो धर्धरी ॥
॥४॥

ओैधी सज्जन ठान्दथें कुलबधू कौटिल्यझैं निस्किई ।
पस्कन्थी पतिसाथ लाख नखरा हेर्थी ममा ठस्किई ॥
पोसी पोषणयुक्त खाद्य रसिला हुर्काउँथी सन्तति ।
मैले माग्छु भनेर हो कि किन हो हेर्थे सधैं अन्त ती ॥
॥५॥

मेरो के अपराध जन्म दिनुमा ? छोरा बिराना भए ।
सारा कल्कल योजना र सपना आशा पुराना रहे ॥
हे विश्वेश ! “हरे कठैबर !“ ममा भन्दैन कोही पनि ।
आफ्नै पुत्र हुँदो छ शत्रु ननिको बाँचूँ ! म केले अनि ?
॥६॥

आँटाको कमलो गिलो र मसिनो रोटी भए पच्दछ ।
मीठो लाग्छ मकै र खै न त भनूँ काँचै सबै खस्तछ ॥
मिस्री दिन्छ थपक्क एक बटुवा खाऊँ त ढुङ्गोसरि ।
खाँदैखान्नँ भनेर भन्नु कसरी जिब्रो रसायो हरि !
॥७॥

पैले ख्वामितले बडो मन दिई लान्थे नि-यात्रातिर ।
ऐले पुत्र-बधू मिलेर मकहाँ फर्काउँदैनन् शिर॥
छाला कोतरिएर डाबर उठे गर्थे उनै मालिस ।
छोरा शुम्भ निशुम्भझैं भइसके गर्ने कहाँ नालिस ?
॥८॥

आए चाड अनेक मानिसहरू हाँस्दै हिंडे हाटमा ।
सारा चाह दबाउँदै म अहिले जल्दै छु व्याघातमा ॥
सारीमा न खिपा छ रङ्गबिनु यो फाटेर काती भयो ।
झुम्रोझैं छ शरीर हेर ! सबले यो देह सुक्दै गयो ॥
॥९॥
क्रमशः

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
वृद्धाश्रम- ३

वृद्धाश्रम- ३

एकेएन गोगने
वृद्धाश्रम- २

वृद्धाश्रम- २

एकेएन गोगने
खा !! खा !!!

खा !! खा !!!

एकेएन गोगने
फेरि खा

फेरि खा

एकेएन गोगने
आधुनिक रामायण

आधुनिक रामायण

एकेएन गोगने
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
बुबामा समर्पण

बुबामा समर्पण

दुर्गा रिमाल अधिकारी
वृद्धवेला

वृद्धवेला

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x