साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कल्पतरुको शताङ्क समारोह सम्पन्न, ‘उन्मुक्त ज्योत्स्ना’ लोकार्पण

समारोहमा कल्पतरु वर्ष स्रष्टा पुरस्कार- २०७९ साहित्यकार भोजराज रेग्मी ‘मुखाले’लाई प्रदान गरिएको थियो भने कल्पतरु अन्तर्राष्ट्रिय स्रष्टा सम्मान- २०७९ डा.ऋषि बस्ताकोटीलाई प्रदान गरियाे ।।

Nepal Telecom ad

काठमाडौं, ०८० जेठ २४ । साहित्य सदन, रामहिटीको सभाहलमा ‘कल्पतरु शताङ्क समारोह- २०८० पत्रिकाका प्रकाशक/प्रधान सम्पादक नवराज पुडासैनी ‘ज्योत्स्ना’को सभापतित्व र वरिष्ठ साहित्यकार/गीतकार कन्चन पुडासैनीको प्रमुख आतिथ्यमा भव्यताका साथ सु-सम्पन्न भयो ।

कार्यक्रममा विशिष्ट व्यक्तित्व, वरिष्ठ साहित्यकार/पत्रकार नगेन्द्रराज शर्मा, रोचक घिमिरे, वियोगी बुढाथोकी, विजय चालिसे, मोहन दुवालको विशिष्ट आतिथ्यता तथा नवराज रिजाल, पार्वती पुडासैनी, निशा केसी, गोविन्द घिमिरे ‘वेदमणि’को विशेष आतिथ्यता रहेको थियो ।

अतिथिहरुलाई माला/खादा संगिता पुडासैनी र कुन्दना रायमाझीले लगाइदिनु भएको थियो भने प्रमुख अतिथिद्वारा पानसमा बत्ती बालेर समारोह समुद्घाटन भएको थियो । उक्त समारोह माझ कल्पतरु सय अङ्क र कल्पतरु पत्रिकाका प्रकाशक/प्रधान सम्पादक नवराज पुडासैनी ‘ज्योत्स्ना’को तेस्रो कृति ‘उन्मुक्त ज्योत्स्ना’ मुक्तकसङ्ग्रह लोकार्पण भएको थियो ।

‘कल्पतरु शताङ्क यात्रा’माथि साहित्यकार विनोद नेपालले कल्पतरुको गर्विलो इतिहासमाथि खँदिलो प्रस्तुति दिनु भएको थियो भने अर्को विमोचित कृति ‘उन्मुक्त ज्योत्स्ना’माथि प्रा.कपिल अज्ञातले मुक्तकका सैद्धान्तिक पक्ष तथा कृति चर्चा/ समालोचना गर्नु भएको थियो ।

समारोहमा कल्पतरु वर्ष स्रष्टा पुरस्कार- २०७९ साहित्यकार भोजराज रेग्मी ‘मुखाले’लाई प्रदान गरिएको थियो भने स्रष्टा भोजराज रेग्मी ‘मुखाले’का सन्दर्भमा पत्रिकाका सम्पादक रेहित सैजुले सटिक परिचय राख्नु भएको थियो । साथै कल्पतरु अन्तर्राष्ट्रिय स्रष्टा सम्मान- २०७९ अमेरिकामा बसेर साहित्य साधनामा लाग्नु भएका डा.ऋषि बस्ताकोटीलाई प्रदान भएको थियो । डा.बस्ताकोटीको बारेमा संक्षिप्त परिचय डा. हिमलाल श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो ।

यसैगरी मुरारि सिग्देल, इन्दिरा चापागाई, जेबी खत्री कल्पतरु उत्कृष्ट स्रष्टा- २०७९ द्वारा सम्मानित हुनु भएको थियो । कल्पतरु स्रष्टा पुरस्कार कोषमा योगदान गर्नु भएका व्यक्तित्वहरूलाई कल्पतरु सम्मान- २०७९ द्वारा सम्मानित गरियो । समारोहमा कल्पतरुका आजीवन सदस्यहरूलाई सदस्यता प्रमाण पत्र वितरण भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य पत्रिकाका विशेष सम्पादक गोकुल अधिकारीले दिनुभएको थियो भने विशेष सम्पादक मुकुन्द अर्यालले धन्यवाद ज्ञापन प्रस्तुत गर्नु भएको थियो । आमन्त्रित अतिथिहरूलाई ‘मायाको चिनो’ प्रदान भएको थियो ।

रोचक घिमिरे, गोविन्द घिमिरे ‘वेदमणि शुभकामना मन्तव्यसँगै कार्यक्रमका सभापति नवराज पुडासैनी ज्योत्स्नाज्यूले सभा विसर्जन गर्नु भएको थियो । सो कार्यक्रमको सञ्चालन राजेशमान केसीले गर्नु भएको थियो ।

०००
– रेहित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x