सुभाषचन्द्र देवकाेटामृत्युको फूल
जब मान्छे महत्वकाङ्क्षा बिहिन बन्छ ! जित, हारबाट मुक्त हुन्छ ! तब, मृत्यु पनि अमृत जस्तै मीठो हुँदो रैछ ! मृत्यु पनि स्वर्गीय सुगम हुँदो रैछ !

सुभाषचन्द्र देवकोटा :
मृत्यु पनि फुल्दो रैछ
फूल जस्तै,जुन जस्तै !
जब मान्छे अनन्त्त सपनाबाट ब्युँझिन्छ
लोभ लालचबाट मुक्त हुन्छ !
तब, मृत्यु पनि फुल्दो रैछ, डालीमा डालीमा
मृत्यु पनि झुल्दो रैछ, आली आलीमा !
जब मान्छे सत्यको साक्षात्कार गर्छ !
अनन्त सुखको अनुभूति गर्छ !
तब, मृत्यु पनि घाम जस्तै रापिलो हुँदो रैछ !
मृत्यु पनि आकाश जस्तै खुल्दो रैछ !
जब मान्छे महत्वकाङ्क्षा बिहिन बन्छ !
जित, हारबाट मुक्त हुन्छ !
तब, मृत्यु पनि अमृत जस्तै मीठो हुँदो रैछ !
मृत्यु पनि स्वर्गीय सुगम हुँदो रैछ !
०००
गोरखा
Subscribe
Login
0 Comments
Oldest






































