साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खा !! खा !!!

होलीवाइन खा बसेर सुकुटी मातेर जे मिल्छ खा ! क्वारेन्टाइनको समस्त ढुकुटी साँचेर के हुन्छ खा ! कोरोना पनि पार लाउँछु भनी मागेर क्वाप्पै तँ खा ! छाला काढ्न सिपालु छस् गरिबको टाँगेर जम्मै तँ खा !

Nepal Telecom ad

जे-जे खानु छ खा क्रमैसित तँ खा मेसो मिलाएर खा !
अड्केला गलगाँडमा जतनले फेसो मिलाएर खा !
खा हड्डी कुरुकुम्म ती गरिबको बोसो मिलाएर खा !
काँचो रक्त नसा समस्त पसिना चोसो तिखारेर खा !
।। १।।

खा गद्दी पनि थाल खा सुकुलमा खा मस्तले कुस्त खा !
बाटो खा पुल खा ल खा चुकुल नै भोको म तैं चुस्त खा !
फुट्ला पेट बुडुङ्ग ठस्मस भई सेलाउँदै सुस्त खा !
छुट्ला वायु अपान ठस्ठस भई त्यो गन्ध तैं दुष्ट खा !
।।२।।

सुस्ता खा लिपुलेक खा छिनछिनै सीमा सबेरै तँ खा !
केही बोल्दिनँ सिन्डिकेट नहटा थोत्रा सबै यन्त्र खा !
मेलम्ची पनि खा उता छ बबई सिक्टा र भेरी तँ खा !
गैंडा खा कुलधर्म खा श्रम तँ खा राजस्व ग्वाम्मै तँ खा !
।।३।।

खस्रो या मसिनो सपाट कमलो गान्टे र चुच्चे तँ खा !
जस्तो होस् मदमत्त सन्त सिकुटे नेप्टे र फुच्चे तँ खा !
जत्था-जेर लगेर मुख्य तहमा सत्ता र भत्ता तँ खा !
खोलो खायल खा म कायल भएँ सट्टा र पट्टा तँ खा !
।। ४।।

चर्को खा बिलिनो चडक्क अमिलो चिल्लो र टर्रो तँ खा !
पाकेको पनि कट्मिरो अनि गिलो माडेर जर्रो तँ खा !
मेरो आस लुटेर खास युवती मेची र काली तँ खा !
कुम्भैकर्ण बनेर काम नगरी तैं हन्तकाली ल खा !
।।५।।

होलीवाइन खा बसेर सुकुटी मातेर जे मिल्छ खा !
क्वारेन्टाइनको समस्त ढुकुटी साँचेर के हुन्छ खा !
कोरोना पनि पार लाउँछु भनी मागेर क्वाप्पै तँ खा !
छाला काढ्न सिपालु छस् गरिबको टाँगेर जम्मै तँ खा !
।। ६।।

०००
२०७७/३/११

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धाश्रम- ३

वृद्धाश्रम- ३

एकेएन गोगने
वृद्धाश्रम- २

वृद्धाश्रम- २

एकेएन गोगने
वृद्धाश्रम- १

वृद्धाश्रम- १

एकेएन गोगने
फेरि खा

फेरि खा

एकेएन गोगने
आधुनिक रामायण

आधुनिक रामायण

एकेएन गोगने
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x