साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धाश्रम- ३

कल्ले गर्दछ काजकर्म विधिले संवेद्य भै अन्त्यका ? हामी खुट्न सकौं खुलेर दिलले वृद्धात्मनाका कथा ॥ छन् वृद्धा जति मान्य पूज्य अबला हुन् ती सबै ईश्वर । द्यौता एकसिबाय यो भुवनमा को छैन ए ! नश्वर ?

Nepal Telecom ad

एकेएन गोगने :

साङ्ला सल्बलिने छपक्क भुइँमा बत्ती म बालूँ जब ।
भाग्छन् ती सब जोडले तिमिरमा लुक्छन् कहाँ खै अब ?
कुत्ता रुन्छ अनिष्टको स्वर झिकी शङ्का अनेकौं दिई ।
त्रासैत्रास पिई विदीणर् तन यो टाक्सिन्छ आफैं खिई ॥
॥१९॥

साथी सुस्त उता जुरुक्क नउठी लाठी लिई बस्तछ ।
चिन्ता थाम्न सकेन रे ! नयनमा धारो बनी खस्तछ ॥
खुट्टा खुर्लिङ पार्छ हेर बिचरो ! आँखा नदेख्ने अझ ।
गाना गाइरहन्छ तिक्त करुणा उम्लेर तातो कद ॥
॥२०॥

केहीका जिउमा प्रशस्त खटिरा पाकेर टिल्पिल्ल छन् ।
केहीका पद पाखुरा दिनदिनै सुन्न्येर जिल्जिल्ल छन् ॥
यौटा सेवन गर्नको सुर कसी “तेजाब खै? “ भन्दछ ।
अर्को पर्सि म मर्छु निश्चित भनी ओैंला दुई गन्दछ ॥
॥२१॥

आयो माघ बडो भयातुर भयो भाला छिरेझैं छ यो ।
ठन्डी च्वास्स जताततै शिशिरमा छाला चिरेझैं भयो ॥
लाग्यो बादल अन्तरिक्षपटमा जाडो छ चारैतिर ।
काम्छन् गाथ हरेकका गुँडुलिई को गर्छ खै खातिर !
॥२२॥

हुस्से पस्दछ हुस्स सास उसमा घाँटी निकै गाँज्दछ ।
स्यू-स्यू ! गर्दछ ओठले अमिलिंदो को मर्छ को बाँच्दछ !
लाग्दा माघ परार साल कतिले संसार छाडी गए ।
सम्झी त्यो क्षण रातका नयन यी जाग्राम गर्दा भए ॥
॥२३॥

मर्दामा सुपिता र पूज्य जननी छोरा न छोरी फिरे !
कस्तो मौद्रिक लिप्तता भुवनका मान्छे असाध्यै गिरे ॥
शङ्का त्रास र आसका डगरले खुम्च्याउँदै छन् अरू ।
यस्तो कष्ट सहेर बाँच्नु कसरी हे दैव ! चाँडै मरूँ !
॥२४॥

हे हे ईश्वर ! यो अघोर पलको लिन्छौ परीक्षा किन ?
आऊ ! झट्ट तिमी विलम्ब नगरी खैंचेर आत्मा लिन ॥
बाँकी के छ र भोग्नु आज अहिले उठ्नै नसक्ने भएँ ।
खाने के छ र ओखती मुख लगी खोल्नै नसक्ने भएँ ॥
॥२५॥

आँखाका पुतली भएर धमिला बढ्दै गयो तिर्मिर ।
साथी ठान्दछु छेउका छिचिमिरा उड्छन् कुनै फिर्फिर ॥
घाँटीमा अवरोध हिक्क अडिंदा बोल्नै नसक्ने भएँ ।
सम्झी कृष्ण र राम शान्त मनले आराम गर्दी भएँ ॥
॥२६॥

कल्ले गर्दछ काजकर्म विधिले संवेद्य भै अन्त्यका ?
हामी खुट्न सकौं खुलेर दिलले वृद्धात्मनाका कथा ॥
छन् वृद्धा जति मान्य पूज्य अबला हुन् ती सबै ईश्वर ।
द्यौता एकसिबाय यो भुवनमा को छैन ए ! नश्वर ?
॥२७॥

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धाश्रम- २

वृद्धाश्रम- २

एकेएन गोगने
वृद्धाश्रम- १

वृद्धाश्रम- १

एकेएन गोगने
खा !! खा !!!

खा !! खा !!!

एकेएन गोगने
फेरि खा

फेरि खा

एकेएन गोगने
आधुनिक रामायण

आधुनिक रामायण

एकेएन गोगने
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x