सन्जना शर्माचिप्ले किराहरू !
सधैँ कहाँनिर तीर मारेर फाइदा निकाल्न सकिन्छ जोखाना हेर्दै बस्ने आफ्नो हातमा फाइदा आएपछि अरूको मत्लबै नगर्ने जस्ता मानिसलाई हामी चिप्ले किराहरू समान मान्दछौँ ॥
सन्जना शर्मा :
चिप्ले भन्ने शब्द
सुन्दै
अचम्म लाग्न सक्छ
हामीलाई
मुखले
लरक्क पारेर
भित्रभित्रै आफ्नो
काम निकालेर जाने
सबै मैले नै
लिनु पर्छ भन्ने
सोच राखेर
गरिब
दुखी
मजदुर
सबैको भाग
आफैँले खोसेर
खान खोज्ने
मुखले
नराम्रो
कसैलाई पनि नभन्ने
मनलेचाहिँ
कसैको भलो नचाहने
सधैँ कहाँनिर
तीर मारेर
फाइदा निकाल्न सकिन्छ
जोखाना हेर्दै बस्ने
आफ्नो हातमा
फाइदा आएपछि
अरूको मत्लबै नगर्ने
जस्ता मानिसलाई
हामी
चिप्ले किराहरू
समान मान्दछौँ॥
०००
लमही दाङ
Subscribe
Login
0 Comments
Oldest







































