सन्जना शर्माबृद्धबृद्धालाई माया गरौँ
मन्दिरमा चढाउने ती फलफूल बृद्धबृद्धालाई बाँडिदिनुस् । मन्दिरमा चढाउने भेटीले घरका र परका बृद्धहरूलाई बिमार हुँदा दवाइ गर्नुस् । सम्पत्तिलाई भन्दा बाबाआमालाई माया गरौँ ।

अहिलेको युवा पुस्ताले बृद्वबृद्धालाई हेर्ने तरिका र यसले समाजमा पारेको असरलाई मध्यनजर गर्दै आज आफ्नो अभिव्यक्ति राख्दै छु ।
हामी जन्मे पछि बृद्ध पनि हुनुपर्छ यो सत्य हो बृद्धअवस्थापछि मर्नु पर्छ यो पनि सबैलाई थाहा भएकै कुरा हो । फेरि दिनप्रतिदिन किन गल्ती गरिरहेका छौँ त बृद्धबृद्धालाई एउटा फरक दृष्टिले किन हेर्छौ ? उहाँहरूले हाम्रो लागि निकैनै योगदान दिनुभएको छ भन्ने किन बिर्सेका छौं ?
जब बाबा आमा बृद्ध हुनुहुन्छ तब हामी बुवा आमा देवता हुनुहुन्छ, उहाँहरूकै पूजा गरे मन्दिर जानु पर्दैन भन्ने कुरा बुझेका छैनौ । उहाँहरूको सानो सानो अभाव पनि पूरा गर्न नसकेर एउटा बोझिलो पनको आभास गराउँछौं । के यो ठिकै गरिरहेका छौं त ? जवाफ कोसँग छ त ? तपाइँ हामी सबैसँग छ ।
हामी बाहिर गएर बुद्ध असहाय सबैको उद्धार गर्ने प्रतिद्वता जनाउँछौ । जब घर आउँछौ पहिला नजर बुवाआमातिर जान्छ हाम्रो । यस्तो गर्नुभयो उस्तो गर्नुभयो भनेर । बाबाआमाले दस वटा सन्तान भए पनि बोझ नमानेर पाल्नुहुन्छ । तर छोराछोरीले कर्तव्य बिर्सिन्छन् । यो व्यवहारले यति ठूलो घरमा पनि हामी अटाउन सकेनौ भन्दै मन सानो बनाएको देखिन्छ । उहाँहरूलाइ राज्यबाट पनि खासै साथ सहयोग हुने गरेको पाइन्न ।
यदि गाउँगाउँमा घुमेर बृद्वबृद्वालाई आफ्नै घरमा मानसम्मानका साथ राख्नुपर्ने र अंशबन्डा गर्दा कति छोराछोरीलाई दिने, कति बृद्धबृद्धाका नाममा राख्ने यो नियमावली बनेको भए आज बृद्धहरू बृद्वाश्रममा जानैपर्ने थिएन ।
मन्दिरमा चढाउने ती फलफूल बृद्धबृद्धालाई बाँडिदिनुस् । मन्दिरमा चढाउने भेटीले घरका र परका बृद्धहरूलाई बिमार हुँदा दवाइ गर्नुस् । सम्पत्तिलाई भन्दा बाबाआमालाई माया गरौँ । सम्पत्ति छोडेर गइन्छ तर राम्रो कर्म साथै लगेर जान पाइन्छ । समय घुमेर आउँछ हामीले हाम्रा पुस्तालाई जस्तो सिकायौँ उनीहरूले उस्तै सिक्ने हो । असल कर्म गर्न सिकाउँ र सिकौं ।
०००
दाङ, लमही
Subscribe
Login
0 Comments
Oldest




































