साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विराट् प्रतिभा देवकाेटा

भित्तामा अब लेख्छ काे र कविता छन् वाल हातैभरि । बाजी मार्दछ लेख्न काे र रचना ब्यूँझेर रातैभरि ? त्याे आशुत्त्वपना टुना मृदु मुना सत्कामना वन्दना । काे देख्लान् र महामना विजयकी आस्वादिली छन्दमा ?

Nepal Telecom ad

एकेएन गाेगने :

हे ! काव्येश्वर तीर्थ हे ! सविनयी स्वच्छन्दवादी घटा ।
हे ! वाणी-सुत कल्पना-घर महान् हे ! भावनाका लता ।।
हे ! सर्वज्ञ विराट् प्रदीप्त गहना हे ! ज्वार काव्यायन ।
हे ! लक्ष्मी विमलाङ्ग साङ्ग लहना हे ! शील्प शब्दायन ।।

पढ्दैनन् अहिले मुनामदनले त्याे भव्य शाकुन्तल ।
तिम्री दिव्य सुलाेचनासँगसँगै चम्पा परिन् झन् तल ।।
चिन्दैनन् वनकाे सुपुष्प कलिलाे यात्री भिखारी भए ।
तिम्राे दाडिमकाे निबन्ध नपढी भाषा बिगारी रहे ।।

तिप्लिङ्गी अनि कुन्जिनी विरहमा चुर्लुम्म डुब्छन् बरा !
मैना-भाव तलाउमा बनिसके बाँझा स-साना गरा ।।
कल्ले दिन्छ र काेट ती गरिबमा आफू भई थुर्थुर ?
तिम्राे मानवता अचेल रिसले बन्ने सधैँ मुर्मुर ।।

गर्दैनन् उपकार हेर ! नरले बाेक्रे भलाद्मी भए ।
जम्मै पागल देख्दछन् नयनले सम्पूर्ण छद्मी भए ।।
छक्कै पर्दछ हैमकुञ्ज अहिले देखेर दादागिरी ।
छिर्दा पश्चिमका विरूप कविता अश्लील धाेती भिरी ।।

भित्तामा अब लेख्छ काे र कविता छन् वाल हातैभरि ।
बाजी मार्दछ लेख्न काे र रचना ब्यूँझेर रातैभरि ?
त्याे आशुत्त्वपना टुना मृदु मुना सत्कामना वन्दना ।
काे देख्लान् र महामना विजयकी आस्वादिली छन्दमा ?

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धाश्रम- ३

वृद्धाश्रम- ३

एकेएन गोगने
वृद्धाश्रम- २

वृद्धाश्रम- २

एकेएन गोगने
वृद्धाश्रम- १

वृद्धाश्रम- १

एकेएन गोगने
खा !! खा !!!

खा !! खा !!!

एकेएन गोगने
फेरि खा

फेरि खा

एकेएन गोगने
आधुनिक रामायण

आधुनिक रामायण

एकेएन गोगने
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x