सञ्जय साह मित्रङार्रर्र…ङुर्रर्र
बिना दाह्रीको चिल्लो गालामा भोज खान केही दर्जन मच्छर लहरै बसे । आफ्नै हातले दिएको चड्कनको चोटले निद्रा बिथोलियो । सम्वाद रोकिएपछि अर्को नाक पनि बेरोजगार देखियो । दुवै मित्रका चार वटै आँखा खुले । मित्रवत जुधे पनि ।

एउटै सिरानी गरेर सुतेका थियौँ तीन मित्र । एकातिर छेउमा म थिएँ । एउटै सिरानीमा पल्टेका थियौँ । अघिसम्म अविराम वार्तारत थिए हाम्रा मुखहरू । कानहरू सव्रिmय थिए छ वटै । मद्धिम प्रकाशले चियाइरहेको थियो सौचालयबाट । नीरवताले बढाउँदै लगेको थियो निद्राको प्रभाव ।
सम्मुख दुई मित्रका मुख पहिलेकै मुद्रामा थिए । कानले उस्तै हेरिरहेकै थिए उडिरहेका मच्छरहरूलाई । म पूणर्तया निद्राविहीन थिएँ ।
सम्मुख मुखमध्ये जुँगालाई संरक्षण गरिरहेको नाकले सुरु गर्यो – ङार्रर्र … । प्रत्युत्तरमा अलिक चर्को स्वर निस्क्यो – ङुर्रर्र … ।
मित्रवत मुखहरू शान्त थिए तर नाकहरूको सम्वादले साँढे जुधेको अनुभूति दिइरहेको थियो ।
दुवैका नाक, कान र मुखको अवस्था देखेर विस्मित थिएँ म । सँगै बसेपछि दुई जना जुधेको कसरी हेर्नु ? मैले शान्त पार्नु या त जुध्नलाई मैदान खाली पारिदिनु उचित सम्झें । ओछ्यानबाट तल झरी भुइँमा उत्तानो पर्ने प्रयास गरें ।
बिना दाह्रीको चिल्लो गालामा भोज खान केही दर्जन मच्छर लहरै बसे । आफ्नै हातले दिएको चड्कनको चोटले निद्रा बिथोलियो । सम्वाद रोकिएपछि अर्को नाक पनि बेरोजगार देखियो । दुवै मित्रका चार वटै आँखा खुले । मित्रवत जुधे पनि ।
अत्तालिएको स्वरमा दुवैको मुखबाट फुत्क्यो – ढोका त भित्रबाटै बन्द छ, मित्र खोई ?
०००
रौतहट
Subscribe
Login
0 Comments
Oldest






































