साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नारद उद्धारार्थ भानुलाई आह्वान !

मूर्छित् नारदले भलो गरिदिए नेपालको पक्षमा । पुग्थे नत्र शिवैपुरीमुनि कि ता दौडेर बाल्कोटमा ।। जप्थे माधव माधवै कतिकति प्रचण्ड यो गर्मीमा । राम्बाबु तिमी लाग लौ अब बरु पूर्बेली लिङ्देनमा ।।

Nepal Telecom ad

घुम्छन् नारद यत्रतत्र दिनहुुँ छुस्के न हुन् आखिर ।
भाँड्भैलो जति हुन्छ मक्ख त्यसमै स्वभावका वानर

एक् दिन् नारद मर्त्यलोक् झरिगए नेपाल हेरौं भनी ।
देखे फूलझडी विकासक्रमका नानाथरीका अनि ।।

पाल्थे गोरु र गाई भैंसी सबले बस्थे किसानै बनी ।
गाईगोबरले किटाणु सब ती मार्दिन्छ भन्थे पनि ।।

पोत्थे प्रात सधैं संघार गृहिणी दैलो संधै चंकिने ।
नित्यै ब्रह्ममुहूर्तमा मृदुल ती ऋचाध्वनी गुञ्जिने ।।

भान्सा चौकि छिंडी पिंडी अनि पछि आगन् बलेसी रछान् ।
गग्रेटो र चुलो अगेनु ढिकी झैं हाँडी र जाँतो मटान् ।।

अंखोरा करुवा कसौंडी गतिला माना कुरुवाहरू ।
हुक्का झीर चिलीम मक्कल अनि पातो तमाखु चरु ।।

मेला पर्म र चाड तीर्थ ब्रतको सातो गयो कि कसो ?
संस्कार् जन्य समस्त कर्म अब ता लोलोप स्वाट्टै भयाे ।।

गर्थे चिन्तन पो र शान्त मनले बाटो सही रोज्दथे ।
तल्लीन् छन् अब गर्न नक्कल सबै कुर्लेर के सुन्दथे ।।

स्वागत्द्वार छिरी उँभोतिर हिंडे टावरे भ्यू देखियो ।
आलीशान ढलान मञ्जिल सबै झुप्राहरु छोपियो ।।

त्रिकोणीपटमाथि चन्द्र रहंदा ठान्थे शशिशेखर ।
भानु अस्त भएसरी धुमिल भो विवेकको च्यादर ।।

गोपालाहरुका भुराहरु सबै ‘बुल्सीट्’तिरै दौडिए ।
आर्षपर्व सबै भुलेर अब ता केक्मात्र काट्ने भए ।।

बृद्धाश्रम् कति हो! अहो, कुकुर ती आफूसंगै सैरमा
आफू श्रीमति सन्तती त्यसपछि बाँकी सबै गैरमा ।।

भानु वणर्न गर्न खप्पिस थिए नेपालका पण्डित ।
यस्ता हाल र चाल पच्न नसकी नारद् भए मूर्छित ।।

मूर्छित् नारदले भलो गरिदिए नेपालको पक्षमा ।
पुग्थे नत्र शिवैपुरीमुनि कि ता दौडेर बाल्कोटमा ।।

जप्थे माधव माधवै कतिकति प्रचण्ड यो गर्मीमा ।
राम्बाबु तिमी लाग लौ अब बरु पूर्बेली लिङ्देनमा ।।

दिन्थे मन्त्र खुबै ध्रुवर्षिहरुको कानै पुरिने गरी ।
हाम्रो हाल भने सशक्त पहिरो हुत्तेर आएसरी ।।

भानु आज तिमी कताहुँदि गयौ नारद् हुँदा मूर्छित ।
यिन्लाई लग स्वर्गमै बरु छिटो हामी भयौं चिन्तित ।।

काठमाडौैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिजुली-पानी

बिजुली-पानी

जयराम शर्मा
सल्लाहकार !!

सल्लाहकार !!

जयराम शर्मा
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हो स्वर्ग मेरो घर

हो स्वर्ग मेरो घर

बालकृष्ण खनाल
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
मान्छे

मान्छे

साधुराम खड्का
0
Would love your thoughts, please comment.x
()
x