साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्तो जमाना भयो ?

धन्सम्पत्ति गयो, बूढो पनि भयो, सत्ता पनी पो गयोे ? घाँस्पार्टीहरूमा दरार परिगो !, कस्तो जमाना भयो ?

Nepal Telecom ad

नेता हूँ म समाजको तर म नै जाली कुरा बुन्दछु !
चुक्ली गर्नु हुँदैन भन्छु मुखले, आफू त्यही गर्दछु !
लड्नै पर्दछ भन्छु, भाग्दछु स्वयं यो ज्यान जोगाउन,
मेरो मानव-चातुरी ! नगदका नौ दाउ नै हो, सुन !

घाँस्पार्टी भनि नाम राख्छु दलकोे, घाँस् खान दिन्छु अनि
गाँस्-बास् किन्तु कपास पाउन पर्याे मुस्किल् सबैले भनी
बाँच्तै मध्यम मार्ग बुद्धसरि भै दोस्रो निकाल्दै म छु,
सत्ताभित्र घुसेर मिल्नु कसरी ? यै चातुरी गर्दछु !

दोस्रो छैन उपाय, तर्क अरुको गर्छु कडा खण्डन,
आफ्नो तर्क फिंजाउँछु मुलुकमा त्यागी र चोखो हुन !
धन्सम्पत्ति गयो, बूढो पनि भयो, सत्ता पनी पो गयोे ?
घाँस्पार्टीहरूमा दरार परिगो !, कस्तो जमाना भयो ?

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सर्वश्रेष्ठ

सर्वश्रेष्ठ

सोमराज ‘अभय’
ढाँटको पुस्तक !

ढाँटको पुस्तक !

सोमराज ‘अभय’
बुढ्यौलीको व्यथा

बुढ्यौलीको व्यथा

सोमराज ‘अभय’
हामी

हामी

सोमराज ‘अभय’
सलाम छ काठमाडौंलाई

सलाम छ काठमाडौंलाई

सोमराज ‘अभय’
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x