साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रिक्त हल

खास उमेरपछिको पात्र वा पात्र मूर्त वा अमूर्त, मानसिक वा भौतिकरूपमा आजसम्म पूर्ण “अर्थानुशासन र यौनानुशासनमा” रहेको छ, छैन, त्यो चेक गर्ने खास मेसिन बनेको थियो, त्यसले व्यक्तिको भित्री चरित्र जस्ताको तस्तै भन्ने ग्यारेन्टी !

Nepal Telecom ad

महानगरपालिकाको बृहत् हलमा एक नौलो प्रयोग हुने समाचार फैलियो। “प्रयोग के हो? “गोप्य राखियो । सूचना पनि अचम्मसित गरियो । सामाजिक सन्जालमा सूचना अमूर्त थियो भने एउटा खास उमेरको हरेक मान्छेलाई एक्लै एक्लै कानमा खुसुक्क भनियो । कसैले कसैसित पनि शेयर गर्न सकेन । कुरो नै त्यस्तै थियो । प्रयोग गर्न भनेर अमेरिकाबाट आएको खरबपति र “म समय” बाहेक कसैलाई पनि थाहा थिएन । म त समय, मेरो लागि तीन कालनै कन्ठ । “अलौकिक जादू देखाइने” भनियो, एफ एम मार्फत्, तर कस्तो जादू ? थाहा भएन ।

दुई महिना अघिदेखिको योजना, भनिएको थियो, प्रयोगमा सफल हुने पात्र वा पात्राले तुरुन्त कौन बनेगा करोडपतिमा अमिताभ बच्चनले रू एक करोड वा हट सीटमा पुग्ने भाग्यमानीले रकम खातामा पाएजस्तै, एक करोड डलर,सोझै खातामा, १००% ग्यारेन्टी ! “यो एक अचम्मको लोभ, आकर्षण थियो । “लौ, कसको भाग्य चम्किने भो ! “सबैको मनमा लाग्यो । मिति पनि तोकिएको थियो । हल त उही महानगरपालिकाकै । बजे, ठीक १२ बजेर १३ मिनेटमा । आयो त्यो दिन, फेब्रुअरी ३०, राहुबार ! प्रयोग गर्ने मानिस हलमा । पत्रकारहरूलाई प्रवेश निषेध । बाहिर चौरमा थिए । भीड, उनीहरूको मात्र । तर, अचम्म! हल रित्तो, त्यत्रो रकमको लोभ खेर गयो, कोही चरो मुसो पनि आएन । किन आएनन् कोही पनि ? किन रिक्त भयो हल ? किन बहिष्कार भो प्रयोग ? किन लोभ लागेन नेपालीलाई त्यत्रो रकमको लोभ ? महादेवको पनि तीन नेत्र भन्ने उखान किन चरितार्थ भएन ? किन ? किन ? किन ?

“न आत्तिनुहोस् पाठक महोदय, नआत्तिनुहोस्, म समय जो छु, मलाई सबै थाहा छ ।” एउटा खास उमेरपछिको पात्र वा पात्र मूर्त वा अमूर्त, मानसिक वा भौतिकरूपमा आजसम्म पूर्ण “अर्थानुशासन र यौनानुशासनमा” रहेको छ, छैन, त्यो चेक गर्ने खास मेसिन बनेको थियो, त्यसले व्यक्तिको भित्री चरित्र जस्ताको तस्तै भन्ने ग्यारेन्टी ! यो कुरा प्रत्येक मानिसको कानमा खुसुक्क भनिएको थियो । यही भएर कोही पनि हाजिर भएन । अरू बिस्तारमा जानुपर्छ र ? यौन र अर्थको मामिलामा भित्र भित्र को के हो ? दैव जाने ! कि उही जाने । “समयबाट यो जानकारी पाएपछि रेडियो पत्रकार सूश्री “बिमलाकुमारी ओली” मुसुक्क मुस्कुराइन् र आफ्नो मितिनीलाई सम्झिन पुगिन् । कथा सकियो । के सन्देश गयो ? म समय अब पाठकलोकतिर !! नमस्कार !!

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x