सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

फेरि दर्शन पाइनँ !!!

स्टेचरलाई मोटरमा राखेर दुई हातले कविजीको दुवै पाउ छोएँ । मुखमा हेर्न सकिनँ ! मोटर बिस्तारै चल्यो । फेरि दर्शन पाइनँ !!.

Nepal Telecom ad

“भोको पेटमा हँसाएर मार्नुहुन्छ पण्डितजीले !”
“त्यसरी नगिज्याउनोस् न कविजी !”
“तपाईं चिमोटी चिमोटी पनि हँसाउनुहुन्छ र पो मार्नुहुन्छ !”
“छाडिदिनुहोस् दाइ, यी कल्पनामा उड्ने कविका कुरालाई, दिव्य भोजनको मुसुमुसु गन्ध आइरहेछ नि…!”
“ए मामा, तपाईं पनि केही त बोल्नुहोस्, किन गम्म चुप्प ?”
“हाम्रा मामाले आज नास्ता नगरी आउनुभए जस्तो छ !”

“सानो देखेर हेपे जस्तो छ बूढी आमाले मेरो छोरालाई । देवकोटा हो देवकोटा, सानो भए पनि मज्जासँग खान्छ मासु ड्डअचार पनि खूब पीरो रहेछ, जुजुधौ भन्छन् क्यार हैन यसलाई ? मज्जासँग खाइयो !…”

(दाल, भात, तरकारी, अचार, दही र मासुको झोल एउटै भांडामा मिसाएर राम, लच्छु, रत्नहजुर, कहिला दाइ, ओमे कविजीको प्रसाद भनेर लुछाचुँडी गरेर खाइरहेका थिए)

“अँ त कविजी, गर्नुहोस् बयान- यात्रा कस्तो रह्यो !”

“बोल्न त पहिले नेपालीबाटै सुरु गरेको थिएँ, पछि गएर अङ्ग्रेजीमा बोलें । सबै प्रसन्न देखिन्थे । त्यसपछि वडो पिरलो आइलाग्यो ‘स्वदेशी गीत गाएर स्वदेशी नाच पनि नाच्नुपर्छ हामीहरूले जस्तै भनेर थुप्रो मान्छेले मलाई घेरे । दुवै कुरा आफ्नो निम्ति बडो अपठ्यारो ! साथी पूणर्बहादुरले बिस्तारै कानमा भने- “म, घिन्ताङ्मुनि आयी नानी डरायो !” भन्ने गीत गाएर थपडीको ताल दिन्छु, तपाईं रूमाल लिएर दुई-चारचोटि यसो घुमिदिनुहोस् न भैहाल्छ नि !’ अनि म यसरी नाचें भनेर कविजी नाच्न लाग्नुभयो । सानो देवकोटा पनि आफ्नो बाबु नाचेको देखेर हाँस्न लागे ।

(कविजी बुखारेष्टवाट फर्केर आएपछि मेरो ताहाचलको घरमा यस्तो रमाइलो भएको थियो । बालचन्द्र शर्मा, नरेन्द्र रेग्मी, शङ्कर लामिछाने पनि सँगै हुनुहुन्थ्यो ।

मलाई, कोहीसँग रिस राग छैन.. अगाडि मेचमा टेपरिकर्डर, तारादेवले समातेको माइक कविजीको मुख नजीकै तकियाको आडले नपुगेर एउटी केटीले आड दिइराखेको, तस्वीर खिच्ने वत्तीको झल्याकझुलुक्, अरू चार जना उभिइरहेका, म पनि टुप्लुक्क पुगे नमस्कार गरेर ढोकैनिर उभिइरहेको थिएँ, डाक्टर्नी ढोकामा आएर नम्रतासाथ भन्न लागिन्- “जानुहोस् बाहिर, बिरामीलाई यसरी दुःख दिन हुँदैन, यतिको मान्छे बस्न हुँदैन ।” म शान्तभवनको छिडी तलाको कोठाबाट विस्तारै बाहिर निस्कें ।

प्रेसको हिसाब लेखिसकेर प्रुफ पढ्न मात्र म के लागेको थिएँ, कमलमणिजी आएर ठिड्ङ उभिनुभयो, एक तमासको अनुहार लाएर मलाई भन्नुभयो- “देवकोटाजीलाई आज पशुपति लैजाने रे, मलाई फोन गरेको थियो म त हेर्नै सक्तिन- आफ्नो गुरुको त्यो अवस्था ! तपाईं शान्तभवन गैहाल्नोस्, प्रुफ म पढिदिन्छु ।” म गएँ ।

सेतो भोटो सुरुवाल फेराइँदै रहेछ । बडो बल परेजस्तो गरेर कविजीले मतिर हेर्नुभयो र मसिनो स्वरमा ‘पण्डितजी !’ भन्नुभयो । म नजीकै गएँ, मेरो हात समातेर ‘अलिकति विष ल्याइदिनुभएको छ ? मलाई डाहा भैरहेछ ! मलाई चाँडै मारिदिनुहोस् !! तपाईंलाई धर्म हुन्छ पण्डितजी मलाई विष खान दिनुहोस् ! म मर्छु !’ भन्नुभयो ।

त्यो मधुरो आवाज पनि मेरो कानभित्र आगाको ज्वाला भएर पस्यो म विस्तारै हात फुस्काएर बाहिर निस्कें । चउरमा पुगेर बेसुरसँग चुरोट तान्न थालें । एकजना भाइ त्यसै गरी चुरोट तानिरहनुभएको थियो ।

भित्रबाट एउटी स्वास्नीमान्छे आएर ‘लौन मोटर मोटर छिटो छिटो’ भन्न लागिन् ।

म डाक्टर बस्ने कोठातिर दगुरें । मोटर आयो । कविजीलाई स्टेचरमा हालेर ल्यायौंं । ‘अइया ! अइया ! पानी ! पानी !’ भनेको मात्र सुनिन्थ्यो । स्टेचरलाई मोटरमा राखेर दुई हातले कविजीको दुवै पाउ छोएँ । मुखमा हेर्न सकिनँ ! मोटर बिस्तारै चल्यो । फेरि दर्शन पाइनँ !!.

बीच क्याम्पा, ललितपुर

(भानु वर्ष ५ किरण १२, देवकोटा विशेषाङ्क सं. २०२५ बाट) यो लेख महाकवि देवकोटाका आनीबानी, २०५५ मा पनि छापिएको छ ।)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ए मान्छे !

ए मान्छे !

वासुदेव लुइँटेल
म लामो कुरो जान्दिनँ !

म लामो कुरो जान्दिनँ...

वासुदेव लुइँटेल
गाउँले– गुण्डा

गाउँले– गुण्डा

वासुदेव लुइँटेल
निम्तालुमा नाम दरिएन

निम्तालुमा नाम दरिएन

वासुदेव लुइँटेल
नलेखे पनि हुने कुरो

नलेखे पनि हुने कुरो

वासुदेव लुइँटेल
अथातो भालुजिज्ञासा

अथातो भालुजिज्ञासा

वासुदेव लुइँटेल
ङ माने ङिच्च

ङ माने ङिच्च

रमेश विकल
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
मेरो पुच्छर

मेरो पुच्छर

राजेन्द्र सुवेदी
नयाँ वर्ष

नयाँ वर्ष

भूपी शेरचन
यमपुरीको यात्रा

यमपुरीको यात्रा

केशवराज पिँडाली