साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो सहरमा

मेरो सहरमा मान्छे हनुमानिदै हनुमानिदै गाछ हनुमान मान्छिदै मान्छिदै आ’छ हनुमान मान्छेजस्तो मान्छे हनुमानजस्तो तील चामलझैँ सरोबरी भा’छ न हनुमानलाई मान्छे भिरेको था’छ ।

Nepal Telecom ad

मेरो सहरमा
दूध पातलिँदै, पातलिँदै गा’छ
पानी बाक्लिँदै बाक्लिँदै आ’छ
तरकारी पसलमा झार साग बनेर बसिराछ
भौभौ भुक्ने भाले भुस्याहा मासु पसलमा खसी भा’छ
न मासु किन्नेलाई था’छ न मासु बेच्नेलाई था’छ
किनकि मेरो सहरमा आजभोलि
हरामको नाम भजाउँदै
चम्चाले थाल बजाउँदै
एउटा यस्तो अड्क आ’छ
जसमा पाँच जोडे पनि सत्र भा’छ
पाँच घटाए पनि सत्र भा’छ ।

मेरो सहरमा
अघाउनेले खाइरा’छ
भोकाउनेले रोइराछ
न भोकाउनेलाई भोकाएको था’छ
न अघाउनेलाई खाएको था’छ
अघाउने अघिअघि
भोकाउने पछिपछि
खीरको थाल ताकेर दगुरिरा’छ
भोकाउनेले हेरी फेरि ताली बजा’छ

मेरो सहरमा
खीर बजाउनेलाई पनि मज्जा छ
ताली बजाउनेलाई पनि मज्जा छ ।

मेरो सहरमा
मान्छे हनुमानिदै हनुमानिदै गाछ
हनुमान मान्छिदै मान्छिदै आ’छ
हनुमान मान्छेजस्तो
मान्छे हनुमानजस्तो
तील चामलझैँ सरोबरी भा’छ
न हनुमानलाई मान्छे भिरेको था’छ
न मान्छेलाई हनुमानमा छिरेको था छ
किनभने
मेरो सहरमा आजभोलि
चारसय बीस नम्बरको नाका खोली
एउटा यस्तो ‘मेहमान’ आ’छ
जसलाई
मेचमा बसाले पनि हनुमान भा’छ
मेचमुनि खसाले पनि हनुमान भा’छ ।

काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कसले ?

कसले ?

अर्जुन पराजुली
म झोले होइन

म झोले होइन

अर्जुन पराजुली
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x