सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मेरो सहरमा

मेरो सहरमा मान्छे हनुमानिदै हनुमानिदै गाछ हनुमान मान्छिदै मान्छिदै आ’छ हनुमान मान्छेजस्तो मान्छे हनुमानजस्तो तील चामलझैँ सरोबरी भा’छ न हनुमानलाई मान्छे भिरेको था’छ ।

Nepal Telecom ad

मेरो सहरमा
दूध पातलिँदै, पातलिँदै गा’छ
पानी बाक्लिँदै बाक्लिँदै आ’छ
तरकारी पसलमा झार साग बनेर बसिराछ
भौभौ भुक्ने भाले भुस्याहा मासु पसलमा खसी भा’छ
न मासु किन्नेलाई था’छ न मासु बेच्नेलाई था’छ
किनकि मेरो सहरमा आजभोलि
हरामको नाम भजाउँदै
चम्चाले थाल बजाउँदै
एउटा यस्तो अड्क आ’छ
जसमा पाँच जोडे पनि सत्र भा’छ
पाँच घटाए पनि सत्र भा’छ ।

मेरो सहरमा
अघाउनेले खाइरा’छ
भोकाउनेले रोइराछ
न भोकाउनेलाई भोकाएको था’छ
न अघाउनेलाई खाएको था’छ
अघाउने अघिअघि
भोकाउने पछिपछि
खीरको थाल ताकेर दगुरिरा’छ
भोकाउनेले हेरी फेरि ताली बजा’छ

मेरो सहरमा
खीर बजाउनेलाई पनि मज्जा छ
ताली बजाउनेलाई पनि मज्जा छ ।

मेरो सहरमा
मान्छे हनुमानिदै हनुमानिदै गाछ
हनुमान मान्छिदै मान्छिदै आ’छ
हनुमान मान्छेजस्तो
मान्छे हनुमानजस्तो
तील चामलझैँ सरोबरी भा’छ
न हनुमानलाई मान्छे भिरेको था’छ
न मान्छेलाई हनुमानमा छिरेको था छ
किनभने
मेरो सहरमा आजभोलि
चारसय बीस नम्बरको नाका खोली
एउटा यस्तो ‘मेहमान’ आ’छ
जसलाई
मेचमा बसाले पनि हनुमान भा’छ
मेचमुनि खसाले पनि हनुमान भा’छ ।

काठमाडौ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
के हुन्छ कमरेड ?

के हुन्छ कमरेड ?

अर्जुन पराजुली
ती शहीद भए !!

ती शहीद भए !!

अर्जुन पराजुली
उचाल्नु भाे

उचाल्नु भाे

अर्जुन पराजुली
फुर्सद छैन

फुर्सद छैन

अर्जुन पराजुली
छेपारोको कथा

छेपारोको कथा

राजेन्द्रप्रसाद अधिकारी
सन्तान थरीथरीका

सन्तान थरीथरीका

खोलाघरे साहिँलोे
धरोधर्म गर्छु (२५)

धरोधर्म गर्छु (२५)

डिल्लीप्रसाद मूलतिहुन