साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नलेखे पनि हुने कुरो

तताउने तेलको अभाव होस् वा तात्ने तेलको महँगी, हाम्रा ताईमा सेल घुमर्किनुपर्छ, सुखको प्रभाव होस् वा शान्तिको महँगो, हाम्रा स्वभावमा हाँसखेल झल्किनुपर्छ ।

Nepal Telecom ad

कागपूजा र सेलभोज एकै दिन नपरे पनि एउटै पर्वमा पर्ने कार्यक्रम हुन् । त्यसैले कौवा सेलको सांस्कृतिक सम्बन्ध त्यत्तिकै घनिष्ठ छ जति लोकसाहित्य र हास्य-व्यंग्यको । तताउने तेलको अभाव होस् वा तात्ने तेलको महँगी, हाम्रा ताईमा सेल घुमर्किनुपर्छ, सुखको प्रभाव होस् वा शान्तिको महँगो, हाम्रा स्वभावमा हाँसखेल झल्किनुपर्छ । उहिल्यै बाजेका पाला देखिको नेपालीको यस आनिवानीमा टिष्टाको पानीले कुनै अन्तर ल्याउन सक्तैन । त्यसैले जहाँ रहेका भए पनि हँसमुख नेपालीका हँसमुखी लेखनीहरू सँगेटेर औतार-औतारका माला गाँस्ने टण्टा कौवा प्रकाशनले स्वयं बेसाएको हो ।

यसै क्रममा केही एकलौटी र केही मिलिजुली मालाहरू प्रकाशनले देखाउँदै ल्याएको छ । सामूहिक हास्य-व्यंग्य पद्यमा हामीले ’छयाकन बटुल्यौँ; तर त्यसमा मेचीपारिका हँसमुख कविताहरू त्यति उन्न सकिएन । त्यसैले एउटा धोको बाँकी ने थियो, खोजिमेलीको दुःख अरू कसैले बेसाइदिए ठेलिमेलीको श्रेय आफूले सुइँक्याउनुहुन्थ्यो ! नभन्दै हाम्रो निम्ति दाहालजीले देउसी- खेलिदिनुभो र एउटा सिङ्गै ‘सेलको माला’ कमाई ल्याइदिनुभयो उहाँको यो गुन हामीले बिर्से पनि हाम्रा पाठकहरूले बिर्सने छैनन् ।

‘सेलको माला’ कति फुलेको छ, कति मिलेको छ, अथवा कति गुलियो र स्वादिलो छ- त्यसको पारख गर्नेले गर्दै गर्लान्; हामीलाई त यत्ति मात्र भन्नु छ- नेपाली हास्य-व्यंग्यमा कविताको रस यस्तै छ । चाहे भित्रको होस् चाहे बाहिरको आखिर अभिव्यक्ति उस्तै छ ।

– कौवा प्रकाशन
सं. नरबहादुर दाहालको ’सेलको माला’ पहिलो संस्करण २०३१ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निम्तालुमा नाम दरिएन

निम्तालुमा नाम दरिएन

वासुदेव लुइँटेल
मसँग मितेरी लाउनुहुन्छ ?

मसँग मितेरी लाउनुहुन्छ ?

वासुदेव लुइँटेल
ए मान्छे !

ए मान्छे !

वासुदेव लुइँटेल
म लामो कुरो जान्दिनँ !

म लामो कुरो जान्दिनँ...

वासुदेव लुइँटेल
गाउँले– गुण्डा

गाउँले– गुण्डा

वासुदेव लुइँटेल
निम्तालुमा नाम दरिएन

निम्तालुमा नाम दरिएन

वासुदेव लुइँटेल
ककटेल नेपाल

ककटेल नेपाल

चूडामणि खनाल
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
0
Would love your thoughts, please comment.x
()
x