साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्रमा झन् दुःख पो पाइयो

ल्याएको गणतन्त्र लाग्छ अहिले के ल्याइयो ल्याइयो फाल्यौँ फाल्न त राजतन्त्र अहिले झन् दुःख पो पाइयो ।

Nepal Telecom ad

ठूलो दाइ अमेरिकातिर गए सान्दाइ जापानमा
भन्छन् बस्न त आइँदैन कहिल्यै फर्केर नेपालमा
यौटा भाइ कतारमा छ बिचरो अर्को छ अस्ट्रेलिया
भाषा पास गरी कमाउन भनी काका गए कोरिया

काकी जानुभयो कुवेत, भतिजी जाने अरे क्यानडा
सानी त्यो भतिजी समेत रसिया जाने भनी छिन् खडा !
मामा अस्ति मलेसियातिर उडे भान्जा गए भारत
सालो-भाइ छ साउदी अरबमा जेठान बेलायत

नर्वे जानुभयो भिनाजु उहिल्यै छोडेर जन्मस्थल
ठूलो प्लेन चढी दिदी पनि गइन् झन् दूर इज्रायल
भान्जी डाक्टर पढ्न दुःखसुखले छिन् बङ्गलादेशमा
फर्केनन् घरमा फुपाजु बिचरी रुन्छिन् फुपू गाउँमा

आइन् अस्ति विदेशबाट बहिनी बच्चा लिई पेटमा
सोझा ज्वाइँ कठैबरा धरधरी रुन्छन् सधैँ भेटमा
कस्तो निर्मम बाध्यता विवशता पीडा व्यथा जब्बर !
प्रश्नै प्रश्न म गर्छु मैसित यहाँ कल्ले दिने उत्तर ?

त्यो पञ्चायत कालमा जति थिए उद्योगधन्दाहरू
कौडीमा किनबेच भो अनि बढ्यो बेरोजगारी अरू
ल्याएको गणतन्त्र लाग्छ अहिले के ल्याइयो ल्याइयो
फाल्यौँ फाल्न त राजतन्त्र अहिले झन् दुःख पो पाइयो ।

लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x