साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यहाँ कल्लाई आफ्नो भन्नु खै ?

मागी सापट आज लान्छ जसले लाखौँ फकाईकन माग्दा भोलि दिँदैन, भन्छ अझ ऊ ’के खान्छु तेरो धन’ ? मान्छे जाति खुसी बनाउन भनी जो लाग्छ संसारमा त्यस्तो मानिस जिन्दगीभरि दुखी बन्नेछ बेकारमा ।

Nepal Telecom ad

देव भट्टराई :

थुप्रै कारण छन् म मौन हुनुको के के दिऊँ कारण ?
एकान्त स्थलमा रुँदै कति गरूँ यो धैर्यको धारण ?
आफ्नो मानिस सम्झिएर कसको गोडा समाऊँ यहाँ ?
हे मेरो भगवान् भनेर भगवान् को खोज्न जाऊँ कहाँ ?

कल्लाई कसरी प्रसन्न मनले सम्झूँ म आफ्नो भनी ?
कल्लाई कसरी म खिन्न मनले सम्झूँ बिरानो भनी ?
आफ्नै मानिस हो भनेर कसको विश्वास मानूँ कति ?
द्यौता रूप बुझेर खास कसको मैँले गरूँ आरती ?

बेकामे त हुने रहेछ नि हुरी चल्दा त छाता पनि
त्यस्तै हो त रहेछ यो रगतको सम्बन्ध नाता पनि !
छोरा चारजना भएपनि पिता एक्लै हुँदैछन् यहाँ
छोरी पाँचवटी भए पनि त के आमा रुँदैछिन् यहाँ

जुम्राले पनि माथ छोड्छ यदि रौँ झर्दै गए माथमा
साथीले पनि साथ छोड्छ रुपियाँ छैनन् भने साथमा
धेरै मख्ख नपर्नुहोस् सयजना छन् मित्र मेरा भनी
हुन्छन् झन् पर दुःखको समयमा आफ्नै भनेका पनि !

मागी सापट आज लान्छ जसले लाखौँ फकाईकन
माग्दा भोलि दिँदैन, भन्छ अझ ऊ ’के खान्छु तेरो धन’ ?
मान्छे जाति खुसी बनाउन भनी जो लाग्छ संसारमा
त्यस्तो मानिस जिन्दगीभरि दुखी बन्नेछ बेकारमा ।

०००
लमजुङ, हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x