साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेस हुन्थ्यो

न हुन्थेँ गफाडी फटाहा र जाली । न खोल्थेँ कुअड्डा न हालीमुहाली ।। सदाचार निष्ठा ममा साथ हुन्थ्यो । कठै ! आँसु झारी न यो देश रुन्थ्यो ।।

Nepal Telecom ad

म लाटो र अन्धो भए बेस हुन्थ्यो ।
घृणा द्वेष ईष्र्या ममा शेष हुन्थ्यो ।।
न बाँकी रहन्थ्यो मपाईँत्व केही ।
बनिन्थेँ म मान्छे सफा स्वच्छ देही ।।०१

न देख्ने थिएँ राष्ट्रका राष्ट्रघाती ।
न सुन्ने थिएँ दुष्टका क्षुद्र भाषा ।।
निसङ्कोच हाँसीखुशी बन्न सक्थेँ ।
सफा शुद्ध गङ्गा भई बग्न सक्थेँ ।।०२

न हुन्थेँ गफाडी फटाहा र जाली ।
न खोल्थेँ कुअड्डा न हालीमुहाली ।।
सदाचार निष्ठा ममा साथ हुन्थ्यो ।
कठै ! आँसु झारी न यो देश रुन्थ्यो ।।०३

म कर्तव्य ठान्थेँ सदा कर्मलाई ।
न ता प्रस्न गर्थे कसैले मलाई ।।
नयाँ पङ्ख लाई अझै माथि उड्थेँ ।
र, आकाश नौलो उचालेर चुम्थेँ ।।०४

जुनै शब्द वाणी ऋचा–वेद हन्थ्यो ।
इमान्दार यस्तो न ता ’देव’ हुन्थ्यो ।।
दुरुस्तै र विश्वासिलो सार हुन्थेँ ।
भए वृक्ष श्रीखण्ड वा झार हुन्थेँ ।।०५

कि हुन्थेँ म ज्ञानी सदा बुद्ध जस्तै ।
निराकार ब्रह्मा तथा शुद्ध यस्तै ।।
न ठान्थेँ कमी इन्द्रको स्वर्गभन्दा ।
खुशीले उडेको परेवा मबन्दा ।।०६

०००
२०७९–०८–२६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x