साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिमी बाँचेर के फाइदा ?

मान्छेमा जब मानवीय गुण नै भेटिन्न केही गरे मान्छेले तबसम शान्ति असली आनन्द भेट्दैन रे तिम्रो होस खुली बुझे यति कुरा हुन्थ्यो नि क्या काइदा ! बुझ्दैनौ त मरे बराबर तिमी बाँचेर के फाइदा ?

Nepal Telecom ad

देव भट्टराई :

तिम्रा सुन्दर बङ्गला घर जहाँ कोठा सयौँ छन् अरे
सुत्ने आखिर सातआठ फुटको ओछ्यान यौटै छ रे !
सुन्दै लाग्छ उदेक खाट सुनको आरामदायी छ रे
सुत्दाचाहिँ अबेरसम्म किन हो पर्दैन निद्रा अरे !

आफ्नै जेट विमान कार महँगा गाडीहरू छन् अरे
लाखौँ खर्च गरेर मस्तसितले संसार घुम्छौ अरे
तारे होटलमा बसेर पिउँछौ खान्छौ मजाले अरे
सुन्दै लाग्छ अचम्म तैपनि तिमी छैनौ खुसी हे हरे !

तिम्रा नोकर अंगरक्षक सधैँ दिन्छन् सुरक्षा अरे
काँप्छौ तैपनि रे डराइरहने चर्को समस्या छ रे !
आफ्नै डाक्टर छन् अरे समयमै हेर्छन् बिरामी परे
हल्ला तैपनि सुन्छु रोग कहिल्यै केही निको हुन्न रे !

छोरा नाति पनाति सन्ततिहरू छोरीहरू छन् अरे
जोईपोइ कुटुम्ब मित्रजनको केही कमी छैन रे !
तिम्रा बन्धु तथा दिदी र बहिनी साथी सबै छन् अरे
त्यो तिम्रो मनमा तथापि जहिले एक्लै छु झैँ लाग्छ रे !

मान्छेमा जब मानवीय गुण नै भेटिन्न केही गरे
मान्छेले तबसम शान्ति असली आनन्द भेट्दैन रे
तिम्रो होस खुली बुझे यति कुरा हुन्थ्यो नि क्या काइदा !
बुझ्दैनौ त मरे बराबर तिमी बाँचेर के फाइदा ?

०००
लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x