साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘क’को रहस्य

र, त्यसपछि फित्कौलीमा कहिल्यै ‘क’ हराएन। गाउँलेहरू हाँस्न थाले, कथा फेरि बुनियो, कविता गाइयो। तर, हरेकजसो कुरा सुरु हुँदा, उनीहरूले ‘क’लाई नझुकिकन सम्मान गर्न थाले।

Nepal Telecom ad

नन्दलाल आचार्य :

बिहानदेखि साँझसम्म हाँसो र चहलपहलले फित्कौली गाउँ गुञ्जायमान हुने गर्दथ्यो। त्यहाँका मानिसहरूबीच एउटा अचम्मको विश्वास थियो- सबैको जीवनको प्रत्येक शुभारम्भ ‘क’ अक्षरले सुरु हुनुपर्छ।

“क” अक्षर यहाँको दैनिक जीवनको अनिवार्य हिस्सा थियो। किसानले “किसान” भएर काम गर्थे, “कला” देखाएर कलाकारको नाम कमाउँथे, “कविता” र “कथा”को रसले सिंगो गाउँ मगमगाउँथ्यो। तर सबैभन्दा महत्त्वपूर्ण कुरा, “क” हरेकले आफ्नो नामका सुरूवातमा राख्ने गर्वको विषय बनेको थियो।

तर, समस्या तब सुरु भयो जब फित्कौलीमा ‘क’ हरायो।

‘क’ हरायो !
त्यो दिन बिहानदेखि गाउँभर अफवाह फैलियो। ‘क’ अक्षर हराएपछि, सबैलाई अनौठो महसुस भयो। ‘क’ हराएपछि मानिसहरूले देखे कि “कला” कला नै रहेन । “किसान”लाई खेतको नाम लिन गाह्रो भयो। “कथा” हराएपछि बालबालिकाहरू निदाउन सकेनन् ।

गाउँका मुख्य चौतारामा सबै अक्षरहरू जुटे। ‘ख’ सबैभन्दा चिन्तित थियो। “यो के भयो ? ‘क’ बिना मेरो नाम ‘ख’ पनि खल्लो लाग्न थाल्यो।”
‘ग’ले हात जोड्दै भन्यो, “यो त अक्षरहरूको अस्तित्वको संकट हो। यस्तो कहिल्यै भएको थिएन !”

तर, ‘च’ले हाँस्दै भन्यो, “कुनै रहस्यमय खेल खेल्दैछ ‘क’। फेरि नाटक गर्न मन लाग्यो उसलाई।”

०००

गाउँका विद्वान ‘प’लाई सबैले समस्याको समाधान खोज्न आग्रह गरे। ऊ आफ्नो पुरानो पुस्तकालयमा पस्यो। धूलोले ढाकिएको एउटा प्राचीन किताब पल्टाउँदै ऊ चिच्यायो, “ए हेर, यो पुस्तकमा लेखिएको छ- ‘क’ हरायो भने संसारमा अनौठा घटनाहरू सुरु हुन्छन्।”

संसारमा अनौठा घटनाहरू भनेको के हो भन्ने कुराले सबैलाई चकित पार्‍यो। गाउँलेहरू भन्थे, “हामीले त ‘क’ बिना केही पनि सोच्न सक्दैनौं । तिमी त अक्षरकै अस्तित्वको जरा हो, हामीलाई छिटो फिर्ता गर।”

०००
त्यति नै बेला गाउँमाथि आकाशमा ठूलो चम्किलो ‘क’ देखियो। त्यो चम्किलो ‘क’ कतै ठोक्किएजस्तो भयो र फित्कौलीको पाखामा एउटा बटुवा झर्दै गर्दा सबैले त्यो दृश्य देखे।

“त्यो ‘क’ हो कि ?” कसैले चिच्यायो।
सारा गाउँ बटुवातिर दौडियो । त्यो बटुवाले लुगा लगाएको छैन तर शरीरभरि ‘क’ अक्षर खोपिएको थियो।

उसले ठूलो आवाजमा भन्यो, “म अक्षरको आत्मा हुँ। ‘क’ अक्षरलाई मानिसहरूले केवल चिन्ह ठाने, तर म त्योभन्दा परको चीज हुँ। जबसम्म मानिसहरूले मेरो महत्त्व बुझ्दैनन्, म तिमीहरूको बीचमा रहन्नँ।”

०००
गाउँभरका अक्षरहरू फेरि भेला भए। ‘ख’ले आफ्नो गल्ती स्वीकार गर्‍यो, “हामीले तिमीलाई केवल उपयोगका लागि हेरेछौं । तिमी हाम्रो आत्मा हौ।”
‘क’ले मुस्कुराउँदै भन्यो, “तिमीहरूले जबसम्म अक्षरहरूमा भावनात्मक गहिराइ जोड्दैनौ, म फिर्ता आउँदिन।”

०००

गाउँलेहरूले त्यस दिनदेखि हरेक कुरा गम्भीर रूपमा लिन थाले। ‘क’ले नाटक गरेर आफ्नो महत्त्व बुझायो। फित्कौलीमा फेरि ‘क’ अक्षरको प्रकट भयो । त्यस दिन गाउँलेहरूले ठहर गरे- “अक्षरहरू केवल अक्षर होइनन्, भावना, संस्कृति, र अस्तित्वका स्तम्भ हुन्।”

र, त्यसपछि फित्कौलीमा कहिल्यै ‘क’ हराएन। गाउँलेहरू हाँस्न थाले, कथा फेरि बुनियो, कविता गाइयो। तर, हरेकजसो कुरा सुरु हुँदा, उनीहरूले ‘क’लाई नझुकिकन सम्मान गर्न थाले।

फित्कौली फेरि पहिलेको जस्तै रमाइलो गाउँ भयो। तर, यो गाउँ अब हाँसोले मात्र होइन, गहिरो आत्मज्ञानले पनि उज्यालो भएको थियो । “क” फेरि कहिल्यै हराउनुपर्ने थिएन।

०००
बेलका-२, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
भीड प्रेम

भीड प्रेम

नन्दलाल आचार्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
बाजी

बाजी

नन्दलाल आचार्य
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x