साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रीपेच नलगाएका राजाहरू

पत्रिका पसलहरूमा भेटिँदैनन् जनताका दु:ख र पीरमर्कामा भेटिँदैनन् बरु अहिले भट्टीभट्टीमा भेटिन्छन् जूवाघरमा भेटिन्छन् कोठीहरूमा भेटिन्छन् अहिले यस्तैयस्तै ठाउँहरूमा भेटिन्छन् श्रीपेच नलगाएका राजाहरू ।

Nepal Telecom ad

आर. आर. चौलागाईं :

अहिले जताततै छ्यासछ्यास्ती भेटिन्छन्
श्रीपेच नलगाएका राजाहरू ।

गाउँदेखि शहरसम्म भेटिन्छन्
वडादेखि पालिकासम्म भेटिन्छन्
संसद भवनदेखि सिंहदरबारसम्म भेटिन्छन्
बालुवाटारदेखि शीतल निवाससम्म भेटिन्छन् ।

पहिला राजा एउटामात्रै हुन्थ्यो
अहिले असङ्ख्य छन्
पहिला एउटा राजाले मात्रै लुट्थ्यो
अहिले हज्जारौँले लुट्छन् ।

हिजो टाढैदेखि हाँसेर बोल्नेहरू
अहिले राजा भएर होला गजक्क परेर हिँड्छन्
बोल्दैनन्
हिजो हात मिलाएर अङ्कमाल गर्नेहरू
अहिले राजा भएर होला नमस्ते पनि फर्काउँदैनन्
फोन उठाउँदैनन्
हिजो अनेकथरी सपना देखाउनेहरू
अहिले राजा भएर होला सपनाका कुरै गर्दैनन् ।

अहिले पुस्तकालयमा भेटिँदैनन्
साहित्यिक समारोहमा भेटिँदैनन्
साँस्कृतिक कार्यक्रमहरूमा भेटिँदैनन्
पत्रिका पसलहरूमा भेटिँदैनन्
जनताका दु:ख र पीरमर्कामा भेटिँदैनन्
बरु अहिले भट्टीभट्टीमा भेटिन्छन्
जूवाघरमा भेटिन्छन्
कोठीहरूमा भेटिन्छन्
अहिले यस्तैयस्तै ठाउँहरूमा भेटिन्छन्
श्रीपेच नलगाएका राजाहरू ।

०००
२०८१ मङ्सिर १२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x