साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिंहदरबारको पानी

कोही चास्नीमा डुबे कोही महमा डुबे कोही मोजमस्तीमा डुबे कोही ऐसआराममा डुबे कोही भोगविलासमा डुबे ।

Nepal Telecom ad

आर. आर. चौलागाईं :

संसार बदल्न हिँडेका
राता मान्छेहरू
सिंहदरबार छिरेपछि बदलिए ।

कोही नीला भए
कोही पहेँला भए
कोही काला भए
कोही सेता भए
कोही फुस्रा भए ।

कोही सिंहबाट स्याल भए
कोही बाघबाट बिराला भए
कोही इस्पातबाट झोल भए
कोही वीरबाट काँतर भए
कोही खरायोबाट कछुवा भए ।

कोही चास्नीमा डुबे
कोही महमा डुबे
कोही मोजमस्तीमा डुबे
कोही ऐसआराममा डुबे
कोही भोगविलासमा डुबे ।

सिंहदरबारको पानी
यति धेरै कडा रहेछ कि
रातो रङ पखालिएर सबै अर्कै अर्कै भए ।

०००
२०८३ जेठ २
हेटाैँडा, मकवानपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Ishwor Pokharel
Ishwor Pokharel
1 month ago

हिजोको सत्ताको खरो खातिरदारी गरिएको क्रान्तिकारी कविता!

Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
हबिगत

हबिगत

ईश्वर पाेखरेल
दुष्ट गाथा

दुष्ट गाथा

श्यामल अधिकारी
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
1
0
Would love your thoughts, please comment.x
()
x