साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गफै त हो !

पाका दाजी, हुन त गफै त हो, तर हामीले निन्दा उद्योगभन्दा तारीफ कारखाना खोलेमा तनाव न्यूनीकरण हुन्छ, भएको छ। सकारात्मक हुने भनेको, यही होला ! हजुरको कुरा मनपर्यो। आखिर गफै त हो !

Nepal Telecom ad

धनराज गिरी :

डलरराज गिरोपाध्याय गजलश्री, यता, भोलारामपुर आनन्दवस्तीमा,नाम नै “डलरराज = डी आर” एक पाका मित्र “आई सी ” उता,पातालमा,मिलन आक्कलझुक्कल, “डलर र आई सी ” को, आत्मीय, दैवी आत्मीय, भानुभक्तदेखि लेखनाथसम्मले थाहा पाएका, जगजाहेर !

आज, खोजे आई सीले, आई सी= ईल्याकान्त चतुरवेदी, इन्टेलेक्ट केयरफुल, पनि भन्नमिल्ने, बोले आई सी,” मित्र डलर, हुन त मेरो आफ्नो स्वभाव पनि जिम्मेवार छ, पक्कै छ, हरेक मान्छे “राम्रो म” को शिकार हुन्छ, हुनु पनि पर्छ, यो साझा बिमारी हो, सबैलाई लाग्छ, जीवनमा कति अस्तित्वहरू आए, गए, केही बेइमानहरूको फेला पनि परियो, तर समाजमा इमानदार र असलहरूकै बहुमत छ, यो सत्य हो । एउटा मान्छे मलाई धेरै मनपर्यो यारा, अति असल ! कति सज्जन र ज्ञानी, भद्र र सभ्य, शालीन ! देशलाई चाहिने मान्छे। मलाई अति मनपर्छ !”

एकछिन अलमलियो डलर, र सम्झियो, विगतको एक घटना, केन्द्रबाट तीन विद्वान्हरू आए, उसको नगरमा । ऊ, जसको पनि चरित्र चित्रण गर्ने, सकारात्मक ! अनुपस्थित पात्र, द्रोणको कसिदा सुनायो । मुनामदनको “मदन” नाखुश ! अर्का विद्वान् – खुसुक्क, “हे सोझो साथी, उहाँहरूको छत्तीस चलिरहेको छ ! अनि हजुर उनको विरुदावली सुनाउनुहुन्छ, त कसरी खिचडी पाक्छ ?”

“ती पात्र ? “डलरले जान्न चाह्यो। खसखस डट कम ! बोले आई सी, “पिता टी के, पत्नी पी के, अनुज डी के, उनी बी के !”

मौन हुनुपर्ने हो डलर,भएन,आफ्नो एक शेर सम्झियो, “हुन्न विकाश बाटो मात्र पीच बनाएर, हुन्न महान् कसैलाई नीच बनाएर !” मज्जाले तारीफ गर्यो उसले पनि । साथीको मनमा भएको पवित्र भावनामा भूकम्प किन ल्याउने ? अति सत्यवादीले पनि पाउने तनाव हो, यी सब टाइमपास गफ, “गफै त हो साहिला !” आफ्नै रदिफ सम्झियो।

“पाका दाजी, हुन त गफै त हो, तर हामीले निन्दा उद्योगभन्दा तारीफ कारखाना खोलेमा तनाव न्यूनीकरण हुन्छ, भएको छ। सकारात्मक हुने भनेको, यही होला ! हजुरको कुरा मनपर्यो। आखिर गफै त हो !”

“हो त नि,लौ त बन्धु, अब त्यही गर्नु छ, जे पहिले गरेको थिएँ । आजलाई नमस्कार है ! ” गए आई सी, यता डलर सोचमग्न यात्री ।” गफै त हो !” यही सम्झिएर चित्त बुझायो।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जय गणतन्त्र !

जय गणतन्त्र !

धनराज गिरी
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x