साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे टोक्ने मान्छे तिमी त छिः

यो टोक्ने सुविधा अझै कति दिऊँ आफू म निर्धो बनी ? यो टोकाइ मनुष्यको सहनुको होला नि सीमा पनि ! मान्छेबाट गिरेर बाँच्नु पनि छिः के बाँच्नु मान्छे भई निर्धा व्यक्ति रुवाउँदै धरधरी के हाँस्नु मान्छे भई

Nepal Telecom ad

देव भट्टराई :

देख्दा मानिस हौ छ हात मुख लौ गोडा दुवै छन् खडा
खै के कारणले तिमी कुकुर झैँ भुक्छौ असाध्यै कडा
मान्छे नै हुँ म भन्दछौ तर तिमी मान्छे कहाँ छौ त नि !?
मान्छेमा हुनुपर्छ जे गुणहरू देखिन्न केही पनि

हिँड्दाखेरि कहीँकतै कुकुरले कप्ल्याक्क टोके र त
लाग्ला रेबिज खोप हाल्छु र निको भैहाल्छु ठीकै छ त
सोच्ने गर्दछु साँच्चिकै कुकुरले टोके त होला निको
टोक्छौ मानिस देखिने कुकुरले होला नहोला निको ?

आफ्नै मानिस हो नि यो कुकुरकै बानी भएता पनि
पीडा खप्छु सहन्छु भन्छु मनले आफै म सानो बनी
सानो बन्छु भनेर भन्न त भन्यो हेप्छौ मलाई तिमी
भुक्छौ साँझ बिहान राति दिननै टोक्छौ मलाई तिमी

यो टोक्ने सुविधा अझै कति दिऊँ आफू म निर्धो बनी ?
यो टोकाइ मनुष्यको सहनुको होला नि सीमा पनि !
मान्छेबाट गिरेर बाँच्नु पनि छिः के बाँच्नु मान्छे भई
निर्धा व्यक्ति रुवाउँदै धरधरी के हाँस्नु मान्छे भई

ए मान्छे अब भो नटोक यसरी व्यर्थै मलाई अरू
मान्छे जन्म लिएर बाँच न तिमी मान्छे भएरै बरु
के थाहा छ र भोलि पर्छ कि म नै तिम्रो मलामी हुन
त्यो बेला म रुँदै तिमीप्रति झुकी पाऊँ सलामी दिन !

०००
लमजुङ, हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x