साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता जस्तै सबैले कलहतिर बढे देश खोक्रो हुनेछ

भ्रष्टाचारी लगायौ कतिपयसँगका मित्रलाई कलङ्क । सर्वात्मा राष्ट्र हाँक्ने जन यति नलुटे फुक्न को सक्छ शङ्ख ?॥ भर्छौ शब्दार्थ तिम्रा लयसित बहुधा शब्द आफैँ रुनेछ । नेता जस्तै सबैले कलहतिर बढे देश खोक्रो हुनेछ

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

नेतामा हुन्छ आफ्नै छलकपट कला सत्य खासै हुँदैन ।
सोझासाधा अनेकौँ कमसल मनका भावनाले छुँदैन ॥
लेख्ने साहित्य कोही टुटफुट बनिए साधना नै रुनेछ ।
नेता जस्तै सबैले कलहतिर बढे देश खोक्रो हुनेछ ॥१॥

नेता छन् दाइ मेरा खसखस कविता लेख्दछौ व्यर्थ भाइ,।
भन्दैछन्, राष्ट्र हाँक्ने विषय अति कडा लाग्न थाल्यो मलाई ॥
कालो धन्दा नगर्दा समय समयमा पेट हाम्रो रुनेछ ।
नेता जस्तै सबैले कलहतिर बढे देश खोक्रो हुनेछ ॥२ ॥

के राख्छौ नित्य साजी कथन हृदयका व्यर्थमा न्याय भाषा ?।
जत्था गुन्डा पुरानो अबसँग नरहे गुम्न लाग्दै छ पासा ॥
पासा थाम्नेछ आशा कलछल बलले न्याय आफैँ रुनेछ ।
नेता जस्तै सबैले कलहतिर बढे देश खोक्रो हुनेछ ॥३॥

भ्रष्टाचारी लगायौ कतिपयसँगका मित्रलाई कलङ्क ।
सर्वात्मा राष्ट्र हाँक्ने जन यति नलुटे फुक्न को सक्छ शङ्ख ?॥
भर्छौ शब्दार्थ तिम्रा लयसित बहुधा शब्द आफैँ रुनेछ ।
नेता जस्तै सबैले कलहतिर बढे देश खोक्रो हुनेछ ॥४॥

कुर्सी प्यारो छ मेरो हलचल नगरी बस्छु खाँबो समाई ।
खोज्दैे छन् झार्न केही गुटउपगुटले पाखुरामा समाई ॥
गर्दै छन् सत्य खोजी सकलजन त्यता सत्य आफैँ रुनेछ ।
नेता जस्तै सबैले कलहतिर बढे देश खोक्रो हुनेछ ॥५॥

०००
२०८०/६/२०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

देवीप्रसाद मिश्र
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x