साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आममाफीको बिगबिगी ।

लगानी नगर्ने लङ्गुरेहरू पासमा होउन् कि फेलमा जेलमा होउन् कि नेलमा सदनमा होउन् कि सरकारमा लङ्गुर डबल परिरह्यो लङ्गुर डबल परिरह्यो ।

Nepal Telecom ad

संप्रस पौडेल :

दशैँमा लङ्गुरबुर्जा खेल्दा ‘लङ्गुर डबल’ भएजस्तो केही वर्ष पहिले फरार अपराधी पनि आम माफीमा पर्‍यो । उहिले एक दिन पनि सजाय नभोगेकादेखि ज्यान मुद्दामा सजाय भोगिरहेकाहरूलाई सहुलियत, सुविधा, भव्य स्वागत, बधाई, आम माफी, प्रतिशत तोकेर कैद छुट पो दिलाए । व्यक्ति हत्यादेखि सामुहिक हत्यासम्मको अपराधमा अदालतबाट सजाय पाएकालाई पनि उसैगरी चाडबाड अफरको विशेष छुट दिलाए । गणतन्त्र दिवसको सफलता भनेको यस्तै विशेष चाडबाड अफर पनि जम्बो छुट कार्यक्रम पो बन्दै आइरहेको छ । त्यतिले नपुगेर संविधान दिवसजस्ता बीचबीचमा पनि आम माफी र कैद छुट दिन थाल्यो । सरकार आम माफी दिलाउन भ्याइ नभ्याइ छ, मानौं सरकार आम माफी दिनका लागि नै बनिरहेको छ ।

यतिखेर म पढिरहेछु- “तालिवानले महिलाहरूलाई सरकारमा सहभागी गराउन आम माफी दियो ।” हाम्रो सरकारले भनेर हुन्थ्यो भने तालिवानी सरकारलाई नोबेल शान्तिका सिफारिस गरिदिए हुने । सरकारले चाहे के हुँदैन ? घरबार दिन पनि सक्छ, बेघरबार बनाउन पनि सक्छ । राष्ट्रिय सम्मानको पगरी दिलाउन पनि सक्छ, पाएको पगरी पखालीदिन पनि सक्छ । सरकारले चाह्यो भने तपाईंलाई मान्छेबाट पदच्यूत गर्न मात्रै होइन, चाकरी चाप्लुसीको उच्च योग्यता छ भने सम्मेलनमा विदेशका टिकटदेखि इतिहासमा लेखिनेगरी हुलाक टिकटसम्म छपाइदिन सक्छ । बदमासीको योगदान बढ्दै जाने हो भने जिउँदैमा शालिक बनाएर चरालाई बिस्टाउन जान्ने सरकारको गतिविधि सम्झिँदा नि मनै अमिलो भएर आउँछ ।

सरकारले चाह्यो भने अमिलो दहीलाई फिर्ता गरेर दूध बनाइदिन सक्छ । यस्ता सरकारलाई त यो वर्षको रसायन शास्त्रतर्फको नोबेल पुरस्कार नै दिनुपर्ने हो । हाम्रा सरकारले पाना खाली रहेका गिनिज बुकका पानामा नाम दर्ज हुनुपर्ने हो । कसैले धर्मगुरूलाई ९ गोली हानेपछि पनि फेरि विदेश पुगेर उही गेरूमा देखिन्छ भने ठान्नोस् त्यो जेहोस् जे गरिरहेको छ, सरकार जनताको लागि नै त गरिरहेको छ । बरू आम माफी पाउनेहरू अली उच्च स्तरका जनता हुन् भन्ने कुरोचाहीँ आम जनताले बुझिदिनुपर्‍यो ।

चुनाव तिनकै वरिपरि घुमिरहेको छ । सदन तिनकै ईशारामा चलिरहेको छ । मन्त्रिपरिषदबाट कसरी निणर्य गराउने, पीडितबाट कसरी उल्टै क्षतिपूर्ती भराउने, मिडियामा ठूला ठूला स्वरमा कराउने, अपराधमा केही दिन हराउने र अस्पतालमा योजना बनाउने गरी आत्मसमर्पण गराउने । यी सबैमा पिएचडी भ्याएकाहरूलाई सिन्दुरेजात्रा गर्नेहरूको ठूलो जमात रही आएकै छ । पीडित परिवारको माफी मिनाहा स्वीकृति पनि नचाहिने, राजनीतिले अबीर खादामाला दलेपछि आम माफी पनि बडो ईज्जतको हुँदो रहेछ ।

यस्तो बेला बाँदरको परिवार नियोजन गर्ने योजनामा लागेका छन् भने कोही यस्तै लङ्गुरेहरूको राजनीतिक नेतृत्वमा रमाएका छन् । महङ्गीले प्याक प्याक पारेको दशैँको पूर्वसन्ध्यामा आम मान्छे आधा खुशी र आधा समस्याले भरिभराउ छ ।

चाडबाडको मुखैमा एउटा कविता फुर्छः
लङ्गुर-बुर्जाको खाल थियो
खाल वरिपरि पैसा ‘डबल, तेब्बर’ बनाउने भीड थियो
आम मान्छेले बुर्जामा पैसा राख्दा
बुर्जा एक्लै परिरह्यो
चिडीमा पैसा राखिराख्दा
मन त्यसै त्यसै चिढिरह्यो
आफ्ना सम्पत्तिमा इँटाका टुक्रा हाने
उनीहरूलाई मिठा पान परिरह्यो ।

लगानी नगर्ने लङ्गुरेहरू
पासमा होउन् कि फेलमा
जेलमा होउन् कि नेलमा
सदनमा होउन् कि सरकारमा
लङ्गुर डबल परिरह्यो
लङ्गुर डबल परिरह्यो ।

चाडबाडमा कर छुट हुनुपर्नेमा जघन्य हत्या अपराधमा सजाय तोकिएकाहरू कैद छुट पाएर निस्किएका छन् । चिनी, तेल, दाल, चामल सबैमा भाउ बढेको छ । सत्ता र सदनमा व्यापक माग बढेपछि बजारमा व्यापक छुट पाएका ‘आम माफी’ को बिगबिगी छ, जोगिनू ।

०००

हेटाैँडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x