साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काठमाडौं पुराण

नाङ्गो खुट्टा कछाड फेरी टुप्पी हल्लाई आउने, गाउँको त्यो मुकुन्देको माइकल नाम भो बोलाउने ! कुन्युमुनि गुन्यूँ फाली सुन्तली आइपुगी जब, हुली प्यान्ट लगाई हिल उसको नाम सोनी भो अब !!

Nepal Telecom ad

चट्याङ मास्टर :

सातु खाने मःमः खान्छ, ढिँडो खाने नान,
मधेसीको जीउमा बख्खु, पाखेको मुखमा पान,
भात यहाँ भुजा हुन्छ, झोललाई भन्छन् सुप,
मन्दिरभित्र फोहोर गन्ध चर्पीभित्र धूप !

मरेकी बूढी भैँसी फाइवस्टार पुग्दछे,
काँटो चम्चाका साथ डाइनिङ टेबलमा डुल्दछे,
केचअपमा आहाल बस्छे, न्यापकिनमा सिँगौरी खेल्दछे,
रक्सीभित्र खेली पौडी हाई र बाई गर्दछे !!

नाङ्गो खुट्टा कछाड फेरी टुप्पी हल्लाई आउने,
गाउँको त्यो मुकुन्देको माइकल नाम भो बोलाउने !
कुन्युमुनि गुन्यूँ फाली सुन्तली आइपुगी जब,
हुली प्यान्ट लगाई हिल उसको नाम सोनी भो अब !!

टेम्पोको धूवाँ खाएपछि बाउ ड्याडी बन्छ,
स्वास्नी चैं मिसेज हुन्छे, गाई पिच चर्छ !
वैतरणी तर्नुपर्दैन बाग्मती नै तरेपछि जाति,
धर्म, जीवन स्वाहा ! काठामाडौँमा झरेपछि !!

०००
चट्याङगीता (२०६७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x