साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनाव कसले हार्छ ?

दिन नै गइयो लिन केहि पाइएन एउटा भोट खसालेर यिनलाई मालिक बनाउनु भन्दा अर्को चुनावमा अब आफैं उठ्ने हो, यसपाली त भ्याइएन !

Nepal Telecom ad

चट्याङ मास्टर :

चुनाव पक्का कांग्रेस जित्छ, एमालेले हार्दैन
माओवादी त क्रान्तिकारी पार्टी, उसले हार्ने मिल्दैन
प्रपा, जपा जति पापा छन् सबले मिठै पापा पाउँछन्,
न देश उठ्यो न जनता उठे, यिनले लोप्पा पाउँछन् ।

उठ्नेले मात्रै चुनाव जित्न सक्छ, न उठ्नेले जित्दैन
पार्टी उठे, नेता उठे, जनता उठ्दै उठ्दैन
जित्नेले हार्नेलाई किन वास्ता गर्नु ?
चुनाव जसले जिते पनि जनतालाई फरक पर्दैन।

जसले जे परिवर्तन ल्यायो, उसैले पकायो पस्क्यो खायो
सुतीसुती मलाई ख्वाइदेओ भन्नेले कहिले के पाउँछ र के पायो ?
धुलो बनेर बाटोमा छरिए पछि सबै पैतालाहरुले कुल्चनछन्
अब त उठ र उड हे पाइताला मुनिका धुला हरु हो ! हुरीको मौसम आयो।

हे पाइताला मुनिका धुलाका कणहरु हो !
मिलेर उडेर सूर्यलाई छेक्न सक्छौ
ठूलाठूला रुख जंगलै छोप्न सक्छौ
आँखामा परेर पैताला रोक्न सक्छौ
उठ र उड हे पाइताला मुनिका धुलाका कणहरु हो !
पैताला पो उड्न सक्दैन तिमि त उड्न सक्छौ

भोटै जाबो त कति हालियो हालियो जिन्दगीमा
दिन नै गइयो लिन केहि पाइएन
एउटा भोट खसालेर यिनलाई मालिक बनाउनु भन्दा
अर्को चुनावमा अब आफैं उठ्ने हो, यसपाली त भ्याइएन !

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नै हो

आफ्नै हो

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
आफ्नै हो

आफ्नै हो

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x