साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘सुदर्शन–कपिला सिरपा पुरस्कार’ गणेशप्रसाद लाछीलाई

नेपाल भाषा, संस्कृति, कला साहित्यमा महत्वपूर्ण योगदान पु-याएबापत भक्तपुर थिमी निवासी गणेशराम लाछीलाई प्रदान गर्ने निर्णय ।

Nepal Telecom ad

मोरङ । नेपाल भाषा, संस्कृति, कला साहित्यमा महत्वपूर्ण योगदान पु-याएबापत भक्तपुर थिमी निवासी गणेशराम लाछीलाई रु दुई लाख राशिको सुदर्शन–कपिला सिरपा पुरस्कार प्रदान गरिने भएको छ ।

झी पुचः (नेपाल भाषा तथा सांस्कृतिक सङ्घ) विराटनगरले आयोजित पत्रकार सम्मेलनमा प्रत्येक दुई वर्षमा प्रदान गर्दै आइरहेको उक्त पुरस्कार यसवर्ष यही फागुन २९ गते विराटनगरमा एक विशेष समारोहमा लाछीलाई प्रदान गरिने जानकारी दिएको हो ।

पुरस्कृत हुन लाग्नुभएका लाछी विगत पाँच दशकदेखि मुलुक तथा मुुलुक बाहिर नेपाल भाषाको साहित्य, नाटक र नेवाः परिकारको पहिचान कायम गर्नमा निरन्तर क्रियाशील रहँदै आउनुभएको जनाइएको छ ।

यसअघि उक्त सम्मानबाट शताव्दी पुरुष सत्यमोहन जोशी, भारत सिक्किमका नेवा गुठी, पोखरास्थित नेवा खल: कास्कीलाई प्रदान गरिएको थियो ।

उक्त पुरस्कार नेपाल भाषा, संस्कृति, साहित्य, परिकारमा योगदान पु-याउने संस्था वा व्यक्तिलाई प्रत्येक दुई/दुई वर्षमा प्रदान गर्ने गरी विराटनगर–१० निवासी सुर्दशनबहादुर श्रेष्ठले विसं २०७६ मा रु २० लाखको अक्षय कोषबाट स्थापना गर्नुभएको हो ।
००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x