सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पानी, पाहुना, प्रदूषण

पुरेत बाको कुरा सुनेर अघिदेखि एकोहोरो भएर ट्वाँ परिरहेकी मेरी श्रीमती अचानक मुर्च्छा परेर डङ्ग्रङ्ङ भुईंमा लडिन् । पुरेतबाले राम राम राम भन्दै छेउको एक बाल्टी पानी खन्याएर उनलाई ब्युँझाए ।

Nepal Telecom ad

हिजोआजको उखरमाउलो गर्मी । घर नजिकैको फोहोर थुपार्ने कन्टेनर । परिवारैलाई उचालेर घरबाहिर पुर्‍याउलान् जस्तो लामखुट्टेको हुल । धैर्यको धनु कर्‍याक्कै भाँच्चिने बजार भाउ । सस्यानो दुगुरे जागिर । आङै जिरिङ्ग हुने बच्चाहरूको स्कूल फिस ।

एकपछि अर्को गर्दै हप्तौ“दिनसम्म आउने पाहुनाको आगमन र प्रस्थान । दाम कमाउन दोहा जानेदेखि लाख कमाउन अरब जानेसम्मको ट्रान्जिट पोएन्ट । बिरामी भएर सहरमा जचाउॅन आउनेदेखि बहराइनबाट बिरामी भएर फर्केकासम्मको तङ्ग्रिने ठाउँ । अदालतमा मुद्दा लड्न आउनेहरूको धावन केन्द्र । नयाँ मन्त्रीसँग जागिरका लागि निवेदन गर्न धाउनेहरूको बिसौनी ।

टुकुचाबाट रासका रास दुर्गन्ध बोकेर आउने अत्यासलाग्दो हावाको भारी बिसाउने ठाउँ । माकुरा, कमिला, साङ्ला, ढिकीच्याउँ, माउसुली लगायत ज्ञातअज्ञात किराभुसुनाहरूको सर्वपक्षीय आमसभास्थल । झि“गा, लामखुट्टे, उडुस र उपियॉहरूको प्रजनन् केन्द्र ।

उपर्युक्तानुसारका सबै सजीव एवं निर्जीव तत्वहरूका माझमा म, मेरी पत्नी र हाम्रा दुई छोराछोरीसमेत अटाएर बस्नुपर्ने कस्तो विचित्रको पर्यावरणीय परिवेशमा छ त मेरो डेरा, मेरी आम्मै हो †

पानी नि पानी ? मेलम्ची आगमनको उदेक र हॉसोलाग्दो प्रतिक्षा । ढुङ्गेधारामा घण्टौँ घण्टाको लाइन । ट्याङ्करमा ठेलाठेल, बाझाबाझ, हात हालाहाल इत्यादि । चौबीस घण्टामध्ये बीस घण्टा हाम्रो एउटै चिन्ता पानी, पानी र पानी । प्रायः मान्छेहरूको प्रमुख चिन्ता पैसा, हाम्रो चाहिँ पहिलो चिन्ता पानी, दोश्रो पाहुना, तेश्रो लामखुट्टे, चौथो दुर्घन्ध, पाँचौॅ… । पैसा त छँदै छैन, चिन्ता हुने कुरै भएन ।

यी सबै समस्यामा थप समस्या गर्मी, पसिना, मैलो, धुलो, धुवा“को अवस्था छ यस्तो, पानीको अवस्था छ त्यस्तो । धन्य यस घरमा अहिलेसम्म कसैले आत्महत्या गरिहालेको छैन ।

बरु मैले नै एकदुई पटक आत्महत्या गर्नेबारे बिचार नगरेको होइन । तर सम्झेँ म नभएपछि ढुङ्गेधाराबाट पानी कसले ओसार्ला ? बालाजुको बाइसधारासम्म गएर सिरकका खोल कसले धोला ? बसपार्कसम्म गएर पाहुनाहरूलाई कसले यो डेरासम्म ल्याइदेला ? केटाकेटीको होमवर्क कसले गरिदेला ? टुकुचाको गन्ध कसले सु“घ्ला ? महँगीसँग कसले कुस्ती खेल्ला ? यिनै प्रश्न र चिन्ताहरूले मलाई आत्महत्या गर्न दिएनन् ।

मैले आत्महत्या गर्ने सम्बन्धमा अन्तिम पटक विचार गरेका दिन बरु मेरी श्रीमतीले झन्डै मलाई विधुर बनाएकी । उनकै माइतीतिरका प्रख्यात पुरोहित पिताम्बर प्याकुरेल पाहुना लाग्न आए त्यो दिन । बेल्काबेल्का कहिल्यै भात नखाने, फलार मात्र ज्युनार गर्ने अप्ठ्यारा पाहुना ।

सॉझपख मैले सोधेँ- के खानुहुन्छ गुरु ?
उनले भने- केही नखाने बा, आज मेरो व्रत छ । बाबुहरू खानुहोस् ।
ढुक्कको सास फर्दै मैले एस्सो ढोङ गरिटोपलेँ- केही न केही त खानुपर्ला नि गुरु ?
लामो लेघ्रो तान्दै गुरु बोले- नखॉदै पनि हुने हो । बाबुले जिद्दी नै गर्नुभो । एसो एकदुई टुक्रा गाजर, एक चिरा काँक्रो भए हुन्छ बाबु । ओलन त होला नि छोरी ? ओलन चाहिँ आजसम्म टुटाएको छैन ।

दूध किन्न नसकेर भने पनि हुन्छ, हामीले फिक्का चिया खाने बानी नै बसालिसकेका थियौँ । दाल भात तरकारी सबैथोक बचाइदिने पाहुनालाई एक पाउण्ड दूध कुन ठूलो कुरो भो त भनेर म दूध किन्न जानै लाग्दा गुरुले निर्देशात्मक स्वरमा भने- एकाध किलो आँप र आधा दर्जन जति केरा चाहिँ ल्याइराखौँ है ज्वाइँ बाबु । मालभोग है बाबु । जागिरमा मालअड्डा, ऑपमा मालदह, केरामा मालभोग भन्छन् ।

म गोजी छाम्न थालेँ । गुरुले अर्को फर्माइस गरे- ज्वाइँ बाबुले बिहान ल्याएको दही अलि अमिलो परेछ । राम्ररी हेरेर अलि गुलियो दही एक लिटर भयो भने र रह्यो भने बिहानलाई पनि काम लाग्छ । बेलुका धेरै खान पनि हुँदैन । पेटलाई आराम चाहिन्छ । पाइयो भने गोडा दुएक रसवरी र एकदुई गेडा स्याउ ल्याउँ, अर्थोक पर्दैन । यति भए रात जसोतसो काटिन्छ ।

पुरेत बाको कुरा सुनेर अघिदेखि एकोहोरो भएर ट्वाँ परिरहेकी मेरी श्रीमती अचानक मुर्च्छा परेर डङ्ग्रङ्ङ भुईंमा लडिन् । पुरेतबाले राम राम राम भन्दै छेउको एक बाल्टी पानी खन्याएर उनलाई ब्युँझाए । ब्युँझिएर हेर्दा चारघण्टा लाइन लागेर ल्याएको पानी स्वाहा भएको देखेर उनी फेरि मुर्च्छा परिन् ।

‘कति धुनु गधालाई’ बाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आमाको चिठी

आमाको चिठी

लक्ष्मण गाम्नागे
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे
देशको इस्…थितिले गर्दा

देशको इस्…थितिले गर्दा

लक्ष्मण गाम्नागे
भूलचुक लिनेदिने : देवी चापागाईंको ‘बुर्कुसी’ मा गाम्नागेकाे भूमिका

भूलचुक लिनेदिने : देवी...

लक्ष्मण गाम्नागे