साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफ्नो देश आफैं बनाऊँ

‘यति' का दन्ते कथाहरू बनाएर बेचौँ देउकी र छाउपडीलाई गर्वसाथ सिनेमा बनाएर बेचौँ हामी वसन्तपुरमा बटुको बजाऊँ र न्यातपोलका पेटीमा टोपी र खुकुरी सजाऊँ आऊ हामी आफ्नो देश आफैं बनाऊँ ।

Nepal Telecom ad

लक्ष्मण गाम्नागे :

आओ साथी हो
अब हामी आफ्नो देश आफैं बनाऊँ
आफैं भत्काऊँ – आफैं सम्याऊँ ।
कञ्चनजङ्घाको करङ भाँचेर
कान्तिपुरको फोहोर उठाऊँ
र जर्मन कन्टेनरमा हालौँ
सगरमाथाको सिङ फुकालेर
दाता इष्टहरूका घरको चारै सुरमा फेरी लगाऊँ
र राष्ट्रिय ध्वजावाहकमा चढेर
सिधा उठाउन जाऊँ ।
आऊ हामी आफ्नो देश आफैं बनाऊँ
उताबाट ल्याऊँ र यता ल्याएर खाऊँ ।

आऊ,
हामी स्वयम्भूका आँखाले,
टुरिस्टहरूलाई टुलुटुलु हेरौँ
र वान रुपिज प्लिज ।’ भन्दै तिनीहरूलाई घेरौँ
‘यति’ का दन्ते कथाहरू बनाएर बेचौँ
देउकी र छाउपडीलाई
गर्वसाथ सिनेमा बनाएर बेचौँ
हामी वसन्तपुरमा बटुको बजाऊँ
र न्यातपोलका पेटीमा टोपी र खुकुरी सजाऊँ
आऊ हामी आफ्नो देश आफैं बनाऊँ ।

आऊ वीर गोर्खाली दाजुभाइ दिदीबहिनी, आऊ
हामी हाम्रो वीरताको इतिहास
कैलाशकूट भवनमा उत्खनन गरौँ
हामी हाम्रो कला संस्कृतिको गौरव
हनुमानढोकाको बूढो दमाहामा खोजौँ
बस्, हामी दाता इष्टहरूसँग प्रेम गाँसौँ
हामी कृष्ण मन्दिरमा हाँसौँ
हामी बौद्ध टेकेर हिंडौँ
हामी एनजिओ भएर नाँचौँ
हामी प्रोजेक्ट भएर बाँचौँ
आफ्नो देश आफैं बनाऊँ
आऊ हामी बेस्कन गनाऊँ ।

०००
कीर्तिपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Krishma Gautam
Krishma Gautam
11 months ago

धेरै चित्त बुझ्यो, आहा 

Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
राष्ट्रिय ए’कता ?

राष्ट्रिय ए’कता ?

लक्ष्मण गाम्नागे
देश बनाउनेहरू

देश बनाउनेहरू

लक्ष्मण गाम्नागे
दाजुभाउजूको देशमा

दाजुभाउजूको देशमा

लक्ष्मण गाम्नागे
1
0
Would love your thoughts, please comment.x
()
x