साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेल्लो लक्ष्मण गाम्नागे, सन्चै ?

–एउटी घरबेटी थिइन् शौचालयमा लक्ष्मण गाम्नागे छिऱ्यो कि लट्ठी बोकेर उनी ढोकामा ढुक्थिन् र लक्ष्मण गाम्नागे बाहिर निस्केपछि सोध्थिन् ए लछ्मन, प्वालैमा हगिस् के ?? यस्ता थुप्रै रोचक कथा छन् लक्ष्मण गाम्नागेसँग ।

Nepal Telecom ad

लक्ष्मण गाम्नागे :

लक्ष्मण गाम्नागे,
एउटा साधारण नाम
प्रकृतिको एकछिनको एउटा काम
परिवार नियोजनको जमानामा नपरेर मात्रै जन्मिएको
पहाडबाट तराई र तराईबाट सहरतिर अन्मिएको
सुखी जीवन बाँच्ने
थुप्रै ‘लक्ष्मीप्रसाद भट्टराई’ हरूका
रुमानी रहरहरूमध्येको एक रहर
–लक्ष्मण गाम्नागे ।

अहिलेसम्म एउटा घडेरीको सपना पनि नदेखिसकेको
आफ्नै एउटा बूढो साइकल बाहेक
नाइट बससम्म चाहिँ चढिसकेको
यत्ति हो
एसएलसी गरेपछि
जानेर वा नजानेर
सहरले तानेर
हलो जोत्न छाडेको छ
जागिरको पिलपिले झन्डा गाडेको छ
सन्तुष्ट/असन्तुष्ट
असन्तुष्ट/सन्तुष्ट
नुन नहालेको तरकारी जस्तो खल्लो खल्लो
दाना नपुगेको ब्रोइलर कुखुराको चल्लो जस्तो
जिन्दगीलाई जागिरसँग विनिमय गरेर
उमेर नपुग्दै आफैँले आफैँलाई बलात्कार गरेर
रक्ताम्मे
ऊ हेर्नोस् न आउँदैछ
लक्ष्मण गाम्नागे – लख्र्याक लख्र्याक ।

लक्ष्मण गाम्नागे
मात्र एउटा परिचय
माया गर्नेले लच्छु भने पनि हुने
रिस उठ्नेले लच्छे भने पनि केही नहुने
मनमनको भारीले भरिएको
एकदम बिलखबन्द मन भएको
लक्ष्मण गाम्नागेले–
प्यासी, पिँडाली वा प्रश्रितजस्तै
नामी हुने धुनमा
कलमको बाँसुरी बजाएको छ
आफ्नै कविता पढेर बिचरा
आफैँ लजाएको छ ।

लक्ष्मण गाम्नागे,
माथि पुग्न हिँडेको
तीन बित्ता मास्तिर चढ्छ
र अढाई बित्ता तल्तिर झर्छ
लौ भन्नुहोस्,
अरबौँ मानिसहरूको खाडलबाट
लक्ष्मण गाम्नागे कहिले बाहिर निस्कन्छ ? कहिले ??
मास्तिर फलानो सेठले पैसाको पर्खाल ठड्याएको छ
नाघ्‍नै सक्तैन
तल्तिर आफ्नै प्रतिष्ठाले तरबार ओछ्याएको छ
बस्नै सक्तैन
यसरी चिण्डो झुण्डिएर भीरमा
उझिण्डिएर सर्कसको डोरीमा
कठिन सन्तुलनले हिँडिरहेछ
लक्ष्मण गाम्नागेले स्वास्नीका सपना पूरा गर्न
बाबुआमाका बिपना गिँडिरहेछ ।

तपाईं सबैको जस्तै उसलाई पनि
पैसा कमाउने रहर नलागेको होइन
आमाको ढुङ्ग्री बेचेर
दुईचार पटक दिल्लीतिर नभागेको होइन
उसले ग्रिनकार्डको फाराम पनि भरेकै हो
दुईचार वटा बैङ्कको सेयर पनि किनेकै हो
गाँस काटेर बनाएको पासपोर्ट पनि कुहिएर गयो
डलर कमाउने सपना पनि तुहिएर गयो
कहिले जोरपाटीतिर जग्गाको कुरा गर्न गयो
कहिले बागबजारतिर बम्परको फाराम भर्न गयो
जागिरदेखि दिक्क भयो र पनि जागिरमै फसिरह्यो
सहरदेखि वाक्क भयो र पनि सहरमै बसिरह्यो
यसरी लक्ष्मण गाम्नागे
सयौँ पटक मरिरह्यो
र हजारौँ पटक बौरिरह्यो ।

लक्ष्मण गाम्नागे
आफ्ना लालाबालाहरूसँगै
कहिले घट्टेकुलोतिरबाट आउँदै देखियो
कहिले ज्ञानेश्वरतिरबाट धाउँदै देखियो
कुरा बुझ्दा ऊ
बारम्बार डेरा सरिरह्यो
र फेरि डेरा नै खोजिरह्यो ।

यसरी कहिल्यै नटुङ्गिने कामदेखि थाकेर
उसले डिल्लीबजार पीपलबोटको चौतारामा बसेर
एक दिन मलाई डेराको कथा सुनायो
अर्थात् लाखौँ डेरावालको व्यथा सुनायो
उसले सुनाएका थुप्रै कथाहरूमध्ये
एउटा कथा यस्तो छ,
झण्डै तपाईंकै जस्तो छ, सुन्नुहुन्छ ?

–एउटी घरबेटी थिइन्
शौचालयमा लक्ष्मण गाम्नागे छिऱ्यो कि
लट्ठी बोकेर उनी ढोकामा ढुक्थिन्
र लक्ष्मण गाम्नागे बाहिर निस्केपछि सोध्थिन्
ए लछ्मन, प्वालैमा हगिस् के ??

यस्ता थुप्रै रोचक कथा छन् लक्ष्मण गाम्नागेसँग
डेरा सर्दादेखि घरबेटी मर्दासम्मका
ग्रेड झर्दादेखि श्रीमती चिट्ठा पर्दासम्मका
धेरै कुरा तपाईँको जस्तै धमिलो
धेरै कुरा मेरो जस्तै अमिलो
यस्तो उदेकको जिन्दगी बाँचिरहेको
लक्ष्मण गाम्नागे
तपाईंलाई थाहा भए राम्रै हुने थियो
यही सहरमा त बस्छ नि !

ऊ ऽऽ हाँस्तै हाँस्तै ठ्याक्कै आइपुग्यो
त्यही त हो नि लक्ष्मण गाम्नागे
‘हेल्लो लक्ष्मण गाम्नागे –सन्चै ?
भनेर सोध्यो भने
मुसुक्क हाँसेर उसले भन्नेछ– ‘सन्चै’ ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
राष्ट्रिय ए’कता ?

राष्ट्रिय ए’कता ?

लक्ष्मण गाम्नागे
देश बनाउनेहरू

देश बनाउनेहरू

लक्ष्मण गाम्नागे
दाजुभाउजूको देशमा

दाजुभाउजूको देशमा

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x