साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश बनाउनेहरू

राष्ट्र बेचेर राष्ट्रियताको गीत गाउनेहरू गिदीभरि लिदी बोकेर हाकिम्नीलाई तेल लाउनेहरू नानीभन्दा ठूल्ठूलो आची पार्ने नगरका बाउहरू मुलुकलाई पानमा च्यापेर चपाइराख्ने शहरका साहुहरू ।

Nepal Telecom ad

लक्ष्मण गाम्नागे :

सुराल बिगार्ने गरी कराउने पप गायकहरू
ससुराल अनगिन्ती भएका टप नायकहरू
जाँडमा देश देख्ने वरिष्ठ पत्रकारहरू
भाडामा चाकरी लेख्ने महान साहित्यकारहरू
इँजार नबाँधी लाप्पा खेल्न निस्कने नेताहरू
भुँडीबाट कोदो ननिख्रिसकेका पजेरे संस्कृतिका प्रणेताहरू
दुर्गन्धमय मोजा जस्तै गन्हाउनेहरू
हाम्रो देश बनाउनेहरू !

आकाशका तारा झार्ने सत्ताका हर्ताकर्ताहरू
विकासका दारा भाँचेर आफ्नै घ्याम्पो भर्ताहरू
न्यायाधीशका पछिपछि बग्ने संविधानका धाराहरू
सुटेड बुटेड अत्तरेबल सर्वहाराहरू
हरियो घाँस नखाई सास नफेर्ने कर्मचारीहरू
भाग नआए मात्रै बाँस बोक्ने विशेष प्रहरीहरू
वेश्यामय मुत्रपार्क जस्तै गन्हाउनेहरू
हाम्रो देश बनाउनेहरू ।

टाउकाको ओखती नाइटामा लाउने डाक्टरहरू
सर्टिफिकेटको बिजनेशमा मित्रराष्ट्र धाउने मास्टरहरू
देवकोटाहरूको कलेजो काटेर चाख्नेहरू
उर्मिलाहरूको तिम्रो कलेजोमा साँचेर राख्नेहरू
मुलुक मारेर महल सिंगार्ने कुर्सीजीवीहरू
मूला खाएर सभा बिगार्ने बुद्धिजीवीहरू
स्यालमय सिनु जस्तै गन्हाउनेहरू
हाम्रो देश बनाउनेहरू !

राष्ट्र बेचेर राष्ट्रियताको गीत गाउनेहरू
गिदीभरि लिदी बोकेर हाकिम्नीलाई तेल लाउनेहरू
नानीभन्दा ठूल्ठूलो आची पार्ने नगरका बाउहरू
मुलुकलाई पानमा च्यापेर चपाइराख्ने शहरका साहुहरू
खोयाबिर्के, छदुवा धर्माधिकारीहरू
घुस्याहा, कुर्सीपदुवा पदाधिकारीहरू
गिद्धमय डम्पिङ्गसाइट जस्तै गन्हाउनेहरू
हाम्रो देश बनाउनेहरू ।

०००
३ न १३ (२०५७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
राष्ट्रिय ए’कता ?

राष्ट्रिय ए’कता ?

लक्ष्मण गाम्नागे
दाजुभाउजूको देशमा

दाजुभाउजूको देशमा

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x