साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जनै, जुत्ता, लँगौटी, कोट

माग्नेहरूका लस्कर आए मतपत्रका तस्कर आए आश्वासनका हुलहुज्जतले मलाई नाङ्गै पार्न लागे गुहार ! गुहार ! लौन बचाओ माग्नेहरूले मार्न लागे ।

Nepal Telecom ad

लक्ष्मण गाम्नागे :

दायाँबाट एउटा लर्को
बायाँबाट अर्को लर्को
झण्डा भन्दै डण्डा ल्याए
सुमसुम्याउँदै रण्डा लाए ।
चुरोट दिएर नियर बन्ने
बियर पिऊँ डियर भन्ने
थरीथरीका माग्ने आए
भोट लुटेर भाग्ने आए ।

एउटा पुरानो बेस हुँ भन्छ
अर्को नयाँ फ्रेस हुँ भन्छ
हिङ बाँधेका टालादेखि
गोरु किन्ने सालासम्म
दामको थैली बोक्नेदेखि
दमदम गोली ठोक्नेसम्म
कोही पोथ्रा कोही रूख
कोही पुच्छर कोही मुख ।

एउटा मेरो घाम हो भन्छ
अर्को नामै राम हो भन्छ
खुट्टा पखाली पानी खाए
नसा फुलाई किर्तन गाए
दाम राम्रो कि नाम राम्रो हो ?
आची र गोबर कुन चाम्रो हो
छ्यासमिस रातो पहेँलो निलो
जम्मै हिलो सप्पै गिलो
घन्टी, लाठी, डाडु, डोको
देश बनाए बलिको बोको ।

जँड्याहा भँगडी जोकर आए
देशी विदेशी नोकर आए
कोही व्याधा कोही दास
कुन हो नकली कुन हो खास्‌
दिउँसै राती पार्दै आए
गगनका तारा झार्दै आए
थोत्रा गन्धे पत्रु आए
मानवताका शत्रु आए
म्वाइँ खाँदै अँगालो मार्दै
आँसु खसाल्दै भोट पगार्दै
बढाबढमा टिकट ल्याए
छेपारा लाई उछिन्दै आए ।

उता छिरेका यता फिरेका
लामवद्ध छन् कान चिरेका
निधार्‌मा गोबर टाँसी आए
नयाँ पुच्छर गाँसी आए
कोही गुन्डा कोही डन्‌
सलाई पेट्रोल बोकी घन ।

हुक्का तान्ने मुक्का हान्ने
रुन हाँस्न छिनमै जान्ने
बनारसका पेडा आए
भेडीगोठका भेडा आए
बाक्लो खरानी थोपरी आए
आची सुकेका चपरी आए
पुरानो लाज छोप्दै आए
नकली मन्त्र घोक्तै आए ।

कोही टिपटप कोही दाह्री
पाइन्ट मिनिस्कर्ट कोही सारी
कविता नजिते मर्छु भन्छे
रमिता माया गर्छु भन्छे
मैले कसलाई भोट दिने हो
नोट लिने कि नलिने हो ?

माग्नेहरूका लस्कर आए
मतपत्रका तस्कर आए
आश्वासनका हुलहुज्जतले
मलाई नाङ्गै पार्न लागे
गुहार ! गुहार ! लौन बचाओ
माग्नेहरूले मार्न लागे ।।

०००
कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
राष्ट्रिय ए’कता ?

राष्ट्रिय ए’कता ?

लक्ष्मण गाम्नागे
देश बनाउनेहरू

देश बनाउनेहरू

लक्ष्मण गाम्नागे
दाजुभाउजूको देशमा

दाजुभाउजूको देशमा

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x