साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हात्ती पार्टीको अभिनन्दन सभा

जनजाति कमरेडहरुले अवरूद्ध कण्ठले सकी नसकी साथीहरुलाई अभिनन्दनका दुई शब्दहरु व्यक्त गर्दै उनीहरुलाई ‘अवसरवादी’ को उपाधिद्वारा सम्मान गरे ।

Nepal Telecom ad

लक्ष्मण गाम्नागे :

कमरेड अशोक राईहरुको एउटा समूहले भर्खरै एमाले छाड्यो । बीस, तीस, चालिस वर्षसम्म बसेर काम गरेको पार्टीबाट उनीहरुले अवकास लिएको सन्दर्भमा उनीहरुलाई पेन्सन, मान, पदवी, विभूषण र अलङ्कारहरुले सम्मान गर्ने समारोह राजधानीको टँुडिखेलमा आयोजना गरिएको थियो । उनीहरुले पार्टी छाडेर गएकोमा एमालेका नेताहरु निकै भावविह्‌वल देखिन्थे । बिदाइ भएका नेताहरु त भावुकतावश समारोहमा उपस्थित हुन पनि सकेका थिएनन् । नेताहरुले टुँडिखेलको सार्वजनिक समारोहमा पार्टी छाडेर गएका नेताहरुको योगदानको कदर गर्दै उनीहरुको अभिनन्दन र अर्चना गरे । समारोहका प्रमुख अतिथि कमरेड झलनाथले आफ्‌ना प्यारा कमरेडहरुले पार्टी छाडेर गए पनि आफू विचलित नभएको बताउँदै ती नेताहरुलाई धुलो र हिलोको उपमाद्वारा विभूषित गरे । एमाले भनेको हात्ती हो र ती नेताहरु भनेका हात्तीको शरिरमा टाँस्सिएका हिलो र धूलो हुन्, उनले भने ।

अध्यक्षले प्रारम्भ गरेको अर्चना समारोहमा बोल्ने सबै एक दर्जन नेताहरुले छुट्टिएर गएका नेताहरुलाई ‘विदेशी दलाल’ को मान अलङ्कारद्वारा विभूषित गर्न छुटाएनन् । पार्टीबाट अलग्गिने नेताहरुलाई दिइने परम्परागत मान अलङ्कारभन्दा अलि भिन्न यसपालि कमरेड के. पि. ओलीले ‘दलाल’ को सट्टा अर्कै शब्दद्वारा उनीहरुलाई विभूषित गरे, ‘विदेशीको भकुण्डो’ । कमरेड के. पी. को कुरा भुईँमा खस्न नपाउँदै उपाध्यक्ष विद्या भण्डारी बिछोडिएका नेताहरुको प्रशंसामा उत्रिइन् । उनले तिनीहरुलाई ‘भगौडा’ को उपाधिले सुशोभित गरिन् ।

नेताहरुले यसपालि माओवादी पार्टीको भन्दा बढी आफ्‌नै पूर्व सहयात्रीहरुको प्रशंसामा समय बिताए । नेताहरु एक पछि अर्को गर्दै उनीहरुको सम्मानमा आफ्‌ना भावनाहरु व्यक्त गर्न आतुर देखिन्थे । पार्टीबाट अवकास लिएका नेताहरुको सम्मानमा अध्यक्ष कमरेड दोहोर्‍याएर उठे । कमरेड के. पि. ओलीसँगको गहिरो एकता र मित्रतापछि कमरेड झलनाथ पनि अचेल निकै रोमान्टिक र टुक्केवाज हुँदै गएका छन् । उनी पनि नयाँनयाँ र रमाइला उखानहरु सुनाउन जान्ने भएका छन् । उनले आफ्‌नो पार्टीबाट छुट्टिएर गएकाहरुलाई ‘पट्याँस’ भन्ने अनौठो र नौलो उपाधि प्रदान गरे । बाँसका टुसा बढ्दै जाँदा पट्याँसहरु उक्किएर झर्छन् र बाँस झन्‌झन् ठूलो र बलियो हुँदै जान्छ रे । अशोक राईहरु पनि त्यस्तै पट्याँसहरु हुन् जसले पार्टीबाट उक्किएर बाँसलाई ठूलो र बलियो हुन महङ्खवपूर्ण योगदान गरेका छन् । यसरी अध्यक्ष कमरेडले अवकास प्राप्त नेताहरुलाई ‘पट्याँस’ को विशेष उपाधी प्रदान गर्दै हार्दिक बिदाइ गरे ।
उपाध्यक्ष कमरेड वामदेव गौतम पनि के कम । उनले आफ्‌ना पूर्व सहकर्मीहरुको बिदइमा प्रशंसाको पुलै बाँधिदिए । अरू नेताहरु भन्दा अझै अगाडि बढेर उनले वामपन्थी पार्टी फुटाउने नेताहरुले पाउने सबैभन्दा ठूलो पदवी अशोक राईहरुलाई भिराइदिए– ‘गद्दार’ ।

जनजाति, आदिवासीको अधिकारका लागि लड्न पार्टीबाट बिदा लिएका आफ्‌ना सहकर्मीहरुको सम्मानमा त्यही वर्गका नेताहरु गंगालाल तुलाधर र शेरबहादुर तामाङ्हरुले पनि पालैपालो आफ्‌ना सहकर्मीको भावपूर्ण बिदाइ गरे । जनजाति कमरेडहरुले अवरूद्ध कण्ठले सकी नसकी साथीहरुलाई अभिनन्दनका दुई शब्दहरु व्यक्त गर्दै उनीहरुलाई ‘अवसरवादी’ को उपाधिद्वारा सम्मान गरे । कमरेड कृष्णगोपाललाई त्यतिले मात्र चित्त बुझेन । उनले अझै अगाडि बढेर राजेन्द्र श्रेष्ठहरुलाई ‘पार्टीको पिलो’ भन्ने उच्च दर्जाको विभूषण प्रदान गरेर बिदाइ गरे । यसरी एउटा हात्ती पार्टीको शक्ति प्रदर्शन एवं अभिनन्दन् सभा सम्पन्न भयो ।

०००
दलालशाला (२०८२) माथि दलाली गर्दै

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
हसुर्ने दिवस

हसुर्ने दिवस

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
हसुर्ने दिवस

हसुर्ने दिवस

लक्ष्मण गाम्नागे
रिटायर पछिको दैनिकी

रिटायर पछिको दैनिकी

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x